logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

श्रमजिवीका आँसु नदेख्ने सरकार कस्काे : नेतृ सिंह


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अनेरास्ववियु काे नेता पञ्चा सिंंहले भाेकभाेकै मजदुरहरु सडकमा तड्पिरहदा सरकार मा बसेकाहरुलाइ नछुनु निकै डरलाग्दो भएको भन्दै आक्राेस ब्यक्त गरेकि छिन् ।

लकडाउनका कारण सयाै मजदुरहरु भाेकभाेकै पैदल हिडेर घरतिर हिडेका कारुणियक दृश्यले सामाजिक सञ्जाल तातेकाे छ । ती मजदुरहरु भाेकभाेकै बालबच्चा सहित सडकमा सुतेकाे हिडेका अलपत्र परेका दृश्यले जाे कसैकाे मन खिन्न मात्रै हुदैन उत्तिकै आक्राेस पनि जन्मिन्छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पाेष्ट गर्दै उनले लेखेकि छन् सरकारले ती मजदुर लक्षित कुनै प्रभावकारी राहत का कार्यक्रम घाेषणा गर्न सकिरहेकाे छैन यसलाइ उनले सरकारकाे असक्षतासंग जाेडेकि छिन् । र लेखेकि छिन् ‘राष्ट्र बनाउन ,पार्टि बनाउन ,नेता बनाउन आज सडकमा नाङ्गाे खुट्टा भाेक भाेकै यात्रा गरीरहेका श्रमजिवि जनता एक पटक हाेइन कैयौ पटक लडे तर आज एक पटक श्रमजीवी जनता जाे नाङ्गाे खुट्टा भाेक भाेकै अलपत्र अवस्थामा छन।वहा हरुकाे लागि सरकार,पार्टि र नेताले आफ्नाे अभिभाबकत्व कुसलता पुर्वक लिन नसक्ने हाम्राे गैरजिम्मेवारपन हाम्रै लागि अभिसाप नबन्ला र’ ?

यस्तै सत्तारुढ दलका युवा नेताहरुले मजदुरका समस्या हरुलाइ तत्काल सम्बाेधन गर्न अपिल गरेका छन् । नेकपाका केन्दिय सदस्य हिमाल शर्माले सरकारलाई मजदुरका समस्या सम्बाेधन गर्न १८ बुदे सुझाव दिएका छन् भने अर्का केन्द्रीय सदस्द झक बहादुर मल्लले सरकार बहिराे भएकाे भन्दै आक्राेस ब्यक्त गरेका छन् । उनले लेखेका छन्
आँखा र कान नहुनु अपाङ्गता हो तर कुर्सीमा बसेर श्रमिक र मजदुरहरूको दुख, पीडालाई देख्न र सुन्न नसक्नु वास्तवमै अन्धो र बहिरो हुनु हो ‘।

हेर्नुस् स्टाटस 

राष्ट्र बनाउन ,पार्टि बनाउन ,नेता बनाउन आज सडकमा नाङ्गाे खुट्टा भाेक भाेकै यात्रा गरीरहेका श्रमजिवि जनता एक पटक हाेइन कैयौ पटक लडे तर आज एक पटक श्रमजीवी जनता जाे नाङ्गाे खुट्टा भाेक भाेकै अलपत्र अवस्थामा छन।वहा हरुकाे लागि सरकार,पार्टि र नेताले आफ्नाे अभिभाबकत्व कुसलता पुर्वक लिन नसक्ने हाम्राे गैरजिम्मेवारपन हाम्रै लागि अभिसाप नबन्ला र’ ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार