logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सरकार मजदुरहरुकाे दु:खमा दर्शक बनेकाे छ : देउवा


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

;efklt b]pjf ;Daf]wg g]kfn k|]; o'lgog lrtjg zfvfsf] cf7f}+ lhNnf clwj]zg pb3f6g ;df/f]xnfO{ z'qmaf/ ;Daf]wg ub}{ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M lrtjg, /f;;

पुर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंबाट घरतर्फ हिँडेका नागरिकबारे सरकारमा बस्नेहरु दर्शकमात्र बनेको आरोप लगाएका छन् ।

काठमाडौंमा श्रम गरिरहेकाहरु खाना र बस्ने ठाउँ नहुँदा सयौं किलोमिटर पैदल हिँडेर गाउँतर्फ गएको भन्दै सरकारमा बसेकाहरु दर्शकमात्र भएको बताएका हुन् ।

शुक्रबार आफ्नो ट्वीटर ह्यान्डलमार्फत देउवाले भनेका छन्, ‘सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो । तर सरकारमा बसेकाहरु ती निमुखाको त्यो यात्राको दर्शकमात्र भएका छन् ।’

कोरोना भाइरसले उत्पन्न लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा अस्थायी बसोबास गर्ने नागरिक पैदलै हिँडेर घर गइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार