logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

का’लोबजारी ‘अग्रवाल’लाइ जोगाउने यस्तो सम्म खेल !


  • राजनीति
  • शनिबार, बैशाख ६ २०७७

कोरोना संक्रमणको त्रास तथा लकडाउनको मौका छोपेर का’लोबजारी गर्न उद्यत व्यवसायी सुलभ अग्रवाललाई कारबाहीबाट उन्मुक्ति दिन हरसम्भव प्रयास भएको छ । कानुनको लुप्त प्वालबाट छिरेर अग्रवाललाई कारबाहीबाट जोगाउन शुरूदेखि नै मु’द्दालाई कमजोर बनाउने प्र’पञ्च रचिएको छ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा २० हजार थान थर्मल गन अग्रवालले भित्र्याएको भन्ने कुरा प्रहरीबाटै सार्वजनिक भएको भए पनि अग्रवाल प’क्रा’उपछि १ हजार २ सय वटाको मात्रै लगत देखाइनु र का’रबा’हीको निम्ति अदालती प्रक्रियाबाट नगएर जिल्ला प्रशासन कार्यालयमार्फत् जानुले अग्रवाललाई कम स’जाय गराउने प्रपञ्चको रहस्यो’द्घाटन भएको छ । अदालतबाट गए पाँच वर्षसम्मको जे’ल हुनसक्ने र प्रमुख जिल्ला अधिकारीबाट गए बढीमा एक वर्ष कै’द सजाय हुने कानुनी व्यवस्थाका कारण अग्रवालमाथि सहानुभूति राख्ने काम गरिएको हो ।

सुवास अग्रवालका नाममा अवैध कारोबार गर्दै आएका उनलाई प’क्राउ गर्न प्रहरीले ‘स्टिङ अप्रे’सन’ गरेको थियो । उनी प’क्राउ परेपछि मात्रै सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा स्टिलका प्रवद्र्धक भएको र’हस्य खुलेको थियो । सुलभ अग्रवाल भन्ने थाहा पाएपछि उनलाई बचाउन राजनीतिक कसरत शुरु भयो, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरु उनलाई बचाउन हात धोएरै लागेपछि का’रबा’हीको स्वरुप नै बदलियो ।

प्रहरीको ‘स्टिङ अप्रे’सन’बाट पक्रा’उ परेका अग्रवाललाई अदालतमा उपभोक्तासम्बन्धी कानुनअनुसार पेस गरेको भए कडा कार’बा’ही हुन सक्थ्यो । तर, जिल्ला प्रशासन कार्यालयमार्फत कालोबजारीसम्बन्धी मु’द्दा चलाएर उनलाई जोगाउन उच्च राजनीतिक एवम् व्यावसायिक दबाब परेकाले मु’द्दा कमजोर बनाउन चलखेल भएको स्रोतको भनाइ छ ।

प्रहरी भ्यानको सिसासमेत तो’डफो’ड गर्ने र मिडियामा समेत निक्कै चर्चामा आएको घटना भएकाले अग्रवाललाई मु’क्त नगर्न नसके पनि का’रबा’ही न्यून गराउने खेल भएको स्रोतको दाबी छ । पक्रा’उ गर्दा प्रहरीलाई ‘म को हुँ, चिनेको छ’ भनेर प्रहरीमाथि नै दु’व्र्यव’हार गर्ने उनीमाथि अहिले सहानुभूति बर्सिएको छ ।

स्रोतले भन्यो– ‘महानगरीय अप’रा’ध महाशाखाले प’क्रा’उ गरेका अग्रवाललाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । यसबीचमा ठूलो परिमाणमा थर्मल गन गायब बनाउनेदेखि मु’द्दाको प्रकृतिमा समेत चलखेल भएको छ । जसका कारण अग्रवालमाथिको अनुसन्धान नै फितलो बन्दै गएको छ ।’ अग्रवालले बे’पत्ता पारेको अन्य थर्मल गनकाबारे प्रहरी अझै बे’खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार