logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बोर्डरमा बार लगाउ, अलपत्रलाइ घर पुर्याउ : मोहन बैध ‘किरण’


  • राजनीति
  • आइतबार, बैशाख ७ २०७७

पाका नेता मोहन वैद्य ‘किरण’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले बन्दाबन्दी पछी गन्तव्यमा पुग्न नसकी अलपत्र नागरिकको उचित उद्धार र ब्यवस्थापन गर्न माग गरेको छ ।

नेकपा क्रा’न्तिकारी माओवादीका महासचिव किरणले शनिबार पार्टी स्थायी समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै उपत्यकासँगै देशका विभिन्न भाग र सीमापारि भारतमा अलपत्र भएकाहरूको उद्धार गर्न सार्वजनिक रुपमा माग गरेका हुन् ।

बन्दाबन्दी पछि उपत्यका र देशका विभिन्न जिल्लामा नागरिकहरू अलपत्र परेका छन् । भारतको धार्चुला लगायतका सीमामा पनि नेपाली रोकिएका छन् । वैद्यले आर्थिक तथा यातायात साधनको प्रवन्ध गरेर तिनको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । यसरी उद्धार गरिएकाहरूबाट कोरोना फैलन खतरा भएकाले तिनलाई आवश्यकता अनुसार क्वारेन्टाइन तथा आइसोलेसनमा राख्नुपर्ने वैद्यको मत छ ।

भारततर्फको खुला सीमाबाट कोरोना भित्रिन सक्ने चिन्ता पनि क्रा’न्तिकारी माओवादीले जनाएको छ । त्यसबाट बच्न अत्यावश्यक बाहेकका नाका बन्द गरेर अन्यमा तारबार लगाउन वैद्य माओवादीले माग गरेको हो ।

सुरक्षात्मक सामग्रीसँगै बिमालगायतका सुविधा स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन पनि क्रा’न्तिकारी माओवादीले सरकारको ध्यान आकृष्ट गराएको छ ।

शुक्रबार बसेको क्रा’न्तिकारी माओवादीको बैठकले उपचार नगर्ने स्वास्थ्य संस्थालाई कारबाहीदेखि कोरोनाको विश्वसनीय परीक्षणसम्मका १५ बुँदे निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार