राजनीति
पुर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रवि’रूद्ध गम्भीर अप’राध भएको टिप्पणी गरेको छ ।
सोमबारको मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारीगरेप्रति अध्यक्ष भट्टराईले यस्तो टिप्पणी गरेको हुन् ।
यस्त्रै उनले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर जुनसुकै पार्टी फुटाउने लक्ष्य राखेको भए पनि त्यो लोकतन्त्रवि’रुद्धको ग’म्भीर अप’राध भएको बताए ।
उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘सम्पूर्ण देश एकढिक्का भएर कोरोनावि’रूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो । जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अप’राध हो । देश थप संकटमा फ’स्दैछ ! लोकतन्त्रका ह’त्या’रादेखि साव’धान!’
