logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

ओली फा’सिवादको प्रति’रोध गर्न विप्लवको अपिल


  • राजनीति
  • बुधबार, बैशाख १० २०७७

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा वक्तव्यमार्फत विशेष सन्देश दिँदै केपी वली सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रा’न्तिमा लामबद्ध बन्न विशेष आह्वान गरेका छन् । केन्द्रीय समितिका तर्फबाट ‘पार्टी स्थापना दिवसको वक्तव्य’ जारी गर्दै महासचिव विप्लवले साम्यवादी विचारक एवम् सर्वहारा वर्गका महान् नेता लेनिनप्रति सम्मान व्यक्त गर्नुका साथै मानवसभ्यताको सबैभन्दा अग्रगामी क्रान्तिकारी वैज्ञानिक पार्टी प्राप्त भएको खुसीयालीमा श्रमिक वर्गको अग्रद’स्ता नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट गौरव पनि व्यक्त गरेका छन् ।

महासचिव विप्लवद्वारा बुधबार जारी वक्तव्यमा भनिएको छ, ‘आज २०७७ वैशाख १० (अप्रिल २२, २०२०) को दिन नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको र नेपाली श्रमिक जनताले कम्युनिस्ट पार्टी प्राप्त गरेको ऐतिहासिक दिन हो । यो दिन साम्यवादी विचारक एवम् स’र्वहारा वर्गका महान् नेता लेनिनप्रति सम्मान व्यक्त गर्दै मानवसभ्यताको सबैभन्दा अग्रगामी क्रान्तिकारी वैज्ञानिक पार्टी प्राप्त भएको खुसीयालीमा श्रमिक वर्गको अग्र’दस्ता नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट गौरव व्यक्त गर्दछौँ ।’

पार्टी स्थापना दिवसको औचित्य र महत्व दर्साउँदै महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘क’मरेड पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीको मुख्य उद्देश्य नेपालमा सामन्ती तथा दलाल पुँजीवादी राज्यसत्ताविरु’द्ध क्रा’न्ति पूरा गर्न विभिन्न साम्राज्यवादी, विशेषतः भारतीय साम्राज्यवादी ह’स्तक्षेपबाट देशलाई स्वाधीन बनाउने र जनताको नयाँ जनवादी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने थियो । चारजनाले स्थापना गरेको कम्युनिस्ट पार्टी आज बहुसङ्ख्यक जनता आबद्ध र आस्थावान् बन्ने उचाइमा पुगेको छ ।’

कम्युनिस्ट आन्दोलनमा जन्मिएका संशोधनवादीहरूका बारेमा चर्चा गर्दै महासचिव विप्लवले भनेका छन्, ‘परन्तु कम्युनिस्ट आ’न्दोलनमा घुसेका र पैदा भएका केशरजङ्ग रायमाझी, मनमोहन अधिकारी, केपी वली, पुष्पकमल दाहाल, बाबुरामजस्ता संशोधनवादी, अवसरवादी, आ’त्मसमर्पणवादी, विसर्जनवादी र संसद्वादीहरूका कारण बहुसङ्ख्यक नेपाली जनताको वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना पूरा हुन पाएको छैन । आज केपी–प्रचण्ड गठबन्धन (कथित पार्टी एकता) सरकारले कम्युनिस्ट नामबाट प्रतिक्रान्तिकारी सामाजिक दलाल पुँजीवादी सत्ताको रक्षार्थ क्रा’न्तिकारीहरूमाथि फा’सिवादी दम’न चलाइरहेको छ ।’

महासचिव विप्लवले केपी वली सरकारको फा’सिवादी चरित्रका बारेमा थप उल्लेख गर्दै र क्रा’न्तिकारी, देशभक्तहरूलाई एक हुन आह्वान गर्दै वक्तव्यमा भनेका छन्, ‘दलाल पुँजीवादी राज्यसत्ता र सर्वदलीय व्यवस्थाको जाली–झेली भ्र’ष्ट, राष्ट्रघा’ती, जनघाती एवम् दलाल चरित्रमा निस्किनै नसक्ने गरी डु’बेर बदनाम, असफल, स’ङ्कटग्रस्त केपी गुट र सरकार कुनै पनि हालतमा सत्ता छो’ड्न नचाहने, बरु सम्पूर्ण सामाजिक मूल्य–मान्यताहरूलाई फा’सिवादको पैतालामुनि दबाएर सत्ता ह’त्याउन लागिपरेको छ । यसले नेपालमा वैज्ञानिक समाजवादी क्रा’न्ति र समाजवादी सत्ता निर्विकल्प बन्न पुगेको सत्य स्थापित भएको छ । तसर्थ यो ऐतिहासिक पार्टी स्थापना दिवसका अवसरमा हामी जिम्मेवारीबोधका साथ केपी वलीको सामाजिक फासिवादवि’रुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रा’न्तिमा लामबद्ध बन्न विशेष आग्रह गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…..

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार