logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

समाजवादी र राजपाबीच एकता, पार्टीको नाम, झण्डा चुनाव चिन्ह समेत घोषणा


  • राजनीति
  • बुधबार, बैशाख १० २०७७

समाजवादी पार्टी र राजपाबीच एकता घोषणा भएको छ । एकतासँगै नयाँ पार्टीको नाम जनसमाजवादी पार्टी राख्ने सहमति भएको छ । एकताको सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीको र समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको हस्ताक्षर गरिएको छ ।

दुई पार्टीबीच एकताको लागि तीन बुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ । त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हने सहमति दोस्रो बुँदामा उल्लेख गरिएको छ । त्यस्तै, सहमतिको तेस्रो बुँदामा एकीकृत पार्टीको झण्ठा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने छ । र, चौथो नम्बरमा एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार