logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुट्यो, ८ सांसदको हस्ताक्षर


  • राजनीति
  • बुधबार, बैशाख १० २०७७

समाजवादी पार्टी फुट्न लागेको छ । रेणु यादव नेतत्वमा ८ सांसदले पार्टी फुटेको छ ।

स्रोतका अनुसार पार्टी फुटाएर नयाँ दल दर्ता गर्न ८ सांसदको हस्ताक्षर तयार भइसकेको छ । फुटाउने हस्ताक्षर गर्ने सांसदहरुमा रेणु यादवसहित विमलप्रसाद श्रीवास्तव, मोहम्मद इस्तियाक राइ, रुही नाज, कुलदेवी विश्वकर्मा लगायत रहेको स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दियो । उनीहरुले हस्ताक्षरसहित नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएलगत्तै समाजवादी पार्टी फुटको चर्चा चलेको थियो । राजनीतिक दल सम्बन्धित नयाँ अध्यादेशले संसद या केन्द्रीय समिति जुनसुकैमा ४० प्रतिशत भए पुग्ने उल्लेख छ । समाजवादी पार्टीमा कुल १६ जना सांसद छन् । ८ जना ५० प्रतिशत पुग्छ ।

संसदीय दलमा समाजवादी पार्टीमा प्रतिनिधिसभा सदस्य १५ जना छन् भने राष्ट्रियसभामा १ सदस्य छन् । प्रतिनिधिसभामा ६ सदस्य भएमा ४० प्रतिशत पुग्छ । राष्ट्रियसभा सदस्य समेत जोड्दा ७ जना पुग्नुपर्छ । समाजवादी पार्टीमा सांसद रहेकामा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्रप्रसाद श्रेष्ठ, मोहम्मद इस्तियाक राइ, उमाशंकर अरगरिया, कुलदेवी विश्वकर्मा, प्रदीप यादव, विमलप्रसाद श्रीवास्तव, रामबाबुकुमार यादव, रामसहायप्रसाद यादव, रुही नाज, रेणुकुमारी यादव, रेणुका गुरुङ्ग, डा. सुरेन्द्रकुमार यादव, डा. सुर्यनारायण यादव र राष्ट्रियसभामा प्रमिला कुमारी छन् ।

यसअघि समाजवादी पार्टीका अध्यक्षहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले यसप्रति आक्रोश व्यक्त गरेका थिए । यादवले त नेकपाकैलागि विधयेक घातक हुने चेतावनी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार