logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

संकटमा अखिल क्रान्तिकारीको साथ


  • राजनीति
  • बिहिबार, बैशाख ११ २०७७

विश्व कोरोनाको महामारीले गर्दा निकै ठुलो संकट बाट गुज्रिएको छ । हाम्रो मुलुक पनि कोरोनाको त्रा’सले बिगत एक महिना देखी बन्दाबन्दीमा रहेको छ । यस्तो घडीमा दुर दराज बाट राजधानी छिरेका गरिव मजदुर, बिद्यार्थीहरुलाइ जिवन धान्न निकै कठिन भएको देखिन्छ । यसै बिचमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रा’न्तिकारीले ललितपुरमा महामारी पीडित एक दर्जन विद्यार्थी र श्रमिकको परिवारलाई सहयोग वितरण गरेको छ ।

जिल्ला अध्यक्ष अग्रीमको नेतृत्वमा १० श्रमिक परिवारलाई राहत वितरण गरिएको र अन्य क्षेत्रमा पनि हेरेर उपलव्ध गराउन प्रयास गर्ने अखिल क्रा’न्तिकारीले जनाएको छ ।

साथै अग्रिमले एक विज्ञप्ति जारी गरी कोरोना भाईरसको महामारीको जो’खिमको यस्तो समयमा समेत सरकार र जनप्रतिनिधिहरुले आसेपासेलाई मात्र राहत उपलव्ध गराएर वास्तविक श्रमित र पीडितहरुलाई नदिएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
उनले अत्यन्त पीडामा परेका परिवारलाई संगठनले थप राहत उपलव्ध गराउने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार