logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

अप’हरण र मानव किनबेच मु’द्दा लगायर ओलीमाथी छानवीन गर्न माग


  • राजनीति
  • शुक्रबार, बैशाख १२ २०७७

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सांसद डा.सुरेन्द्र यादव अपहरण प्रकरणमा उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन गर्न जोडदार माग गरेका छन् ।

सांसद अपहरण र किनबेच खेलका मतियारका रुपमा प्रधानमन्त्री र घटनामा संलग्न केही व्यक्तिको नाम विभिन्न मीडियाहरुमा सप्रमाण आयसकेको बताउँदै महरले दोषीमाथि आवश्यक कारबाहीका लागि उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन आवश्यक रहेको औल्याएका हुन् ।

अधिनायकवादी ओली केपी सरकार नैतिक र राजनीतिक रुपमा भ्रष्टीकरणसँगै तानाशाही प्रवृति उन्मुख भएको प्रमाणित भएको छ, उनले भने, सांसद अपहरण र किनबेच खेलका मतियारका रुपमा प्रधानमन्त्री र घटनामा संलग्न केही व्यक्तिको नाम विभिन्न मीडियाहरुमा सप्रमाण आईस्सके पछि, दोषी माथी आवश्यक कार्यवाहीका लागी उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन आवश्यक छ ।

देश लकडाउनमा रहेका बेला बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले प्रधानमन्त्रीको निर्देशनमा जनकपुरधामबाट डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।

यो घटनामा स्वंय देशका प्रधानमन्त्रीको संलग्नता देखिएपछि महरको ठहर छ । मन्त्रिपरिषदले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी विवादस्त अध्यादेश ल्याएपछि पार्टीभित्र र बाहिर विरोध जारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार