logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

गगनको गतिलो झापड : ओलीलाइ देउवाको धन्यवाद प्रती यस्तो भने…


  • राजनीति
  • शनिबार, बैशाख १३ २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य गगन कुमार थापाले अध्यादेश खारेज भएपछि आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएकोमा दिएको भन्दै गम्भिर प्रश्न उठाएका छन् ।

चौतर्फी विरोध र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी भएको पाँचौंं दिनमै मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ता गर्ने निर्णय गरेको र त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । भेटवार्तामा देउवाले आफूले अध्यादेश फिर्ता लिएकोमा धन्यवाद दिएको कुरा कांग्रेस पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा जनाईएको थियो ।

सामाजिक सञ्जाल टिवट्रमार्फत थापाले यस्तो टिप्पणी गरेका छन्,”अध्यादेश फिर्ता!अनि धन्यवाद! सांसद उठाउनेलाई गाली तर वालुवाटारमा वसेर षडयन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई भने सलामी! तैं चुप मै चुप!सवै खत माफ? राजनीतिको विकृत धन्धा त यसरी चल्ला तर वैधता गुमाएको कमाण्डरबाट न यो महासंकट पार लाग्छ न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार