राजनीति
राजनीतिक लडाइको निष्कर्ष ननिस्किदै सेना र हतियार राज्यलाइ सुम्पेको अर्थात राजनीतिक रुपमा आत्मासमर्पण र बिसर्जनको बाटो लिएको भन्दै प्रचण्ड सग बिद्रोह गरेका शक्तिशाली नेताहरु मध्य सबै भन्दा कडा रुपमा प्रस्तुत हुने रामबहदुर थापा वादल यति बेला सरकारको गृहमन्त्री छन । प्रचण्ड सगको बिद्रोहका फौजी कमान्डर मानिएका नेत्र बिक्रम चन्द विप्लव त्यहि राज्यको गैर राजनीति ,दलाल र फासिवादी हर्कतको विरुद्ध भन्दै संघर्षमा रहेको छ । फलत सरकार र नेकपा बिचमा टसल पर्ने खतरा बढ्दै आएको बुझिएको छ ।
हिजोका सहयोद्धा कमाण्डरहरुको बीचमा आएको यो संयोगलाई कतिपयले दु:खद भने पनि कतिपयले ऎतिहासिक आवस्यकता भएको समेत बताउछन । माओवादी केन्द्र भित्रका कतिपय युवा नेताहरुले नेकपालाइ गैर राजनीतिक ढंगले नबुझ्न नेताहरुलाइ सुझाएका छन भने केहि नेताहरु बादलको काधमा बन्दुक राखेर हमला गर्ने सोचमा रहेको समेत स्रोत बताउछ ।
वर्तमान सरकारले मुख्य चुनौतीका रुपमा नेकपालाइ लिएको छ भने नेकपा वर्तमान सरकारलाई सामाजिक दलालहरुको सरकार भन्दै संघर्षका कार्यक्रमलाई कडा बनाउदै लगेको देखिन्छ ।
नेकपाले अभियानात्मक संघर्षका कार्यक्रमलाई बढाए सगै सरकार कडा बन्ने संकेत देखिएको छ भने जनताको पक्षमा काम गर्दा आउने जस्तासुकै चुनौती स्वीकार गर्ने नेकपाले बताउदै ।
पछिल्लो समय गृहमन्त्रालयले नेकपा लक्षित नया सुरक्षा रणनीति बनाएको छ । जसलाइ पिआइ प्रोजेक्ट अर्थात पब्लिक इन्फर्मेसन एन्ड इन्भेटिकेशन ट्याक्टिस सहित अगाडी बढ्न लागेको स्रोतको दाबी छ । हिजो जनयुद्ध सगै लडेका दुई भेट्रान नेताहरु आज राज्य र बिद्रोही भएर हुने संघर्ष निकै दुखद र भयानक हुनसक्ने बिश्लेषकहरु बताउछन । यी दुइ पक्षको बिचमा हुने लडाइमा कसले कसरी लड्छ्न र जित्छन भन्ने कुरा भविष्यको विषय बनेको छ।