logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

ओली भाइरस सदाका निम्ति अन्त्य गरौं : डा. बाबुराम भट्टराई


  • राजनीति
  • शनिबार, बैशाख १३ २०७७

पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको क’डा आ’लोचना गरेका छन् ।

भट्टराईले ओली प्रवृत्ति कोरोनाभाइरस भन्दा पनि खत’रनाक भएको भन्दै बेलैमा नचिनिए गम्भीर संकट आउनसक्ने चेता’वनी दिएका छन् ।
‘कोरोनाभाइरस भन्दा खत’रनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति बिदा गरौं, नत्र यो भष्मा’सुरले सबैलाई सखाप पार्नेछ !’ भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
केही दिनअघि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर समाजवादी पार्टी फुटाउने प्रयास भएपछि भट्टराईको यो टिप्पणी आएको हो । यद्यपी समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी नेपाल गठन भएपछि यो योजना वि’फल भएको थियो ।

भट्टराईले ओलीको प्रवृत्तिलाई भष्मा’सुर, हिटलर, स्टालिन, चाउ’चेस्कुको संज्ञा दिँदै उनीहरुले कसरी राज्य शक्तिको दु’रुपयोग गरेर धो’काको राजनीति गरेका थिए भन्ने विषय उल्लेख गरेका छन् ।

भट्टराईले भनेका छन्-

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं!!

– यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भ’ष्मासुर भन्ने रा़’क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ ज’लेर भ’ष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्’याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको व’ध गर्छन्!ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आ’तंकित पार्ने ह’र्कत गरिरहेछ!

– यो हिटलर प्रवृत्ति हो: जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति च’रम घृ’णा र त्यसको जगमा जर्मन अ’न्धराष्ट्रवादको क्षणिक उन्मा’द जगाएर सत्ता प्राप्त गर्ने र अन्तत: दोश्रो विश्वयु’द्ध जन्माएर करोडौं मान्छेको ज्या’न लिएको इतिहास ताजै छ। नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पी’डित जाति/समुदायप्रति च’रम घृ’णा र त्यसको जगमा एकल जातीय अहं’कारवाद तथा अ’न्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वि’तण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्व’स्त पार्दै र राज्यको अप’राधी’करण गर्दै च’रम सं’कटको स्थिति सिर्जना गरिरहेछ।

– यो स्टालिन प्रवृत्ति हो: रूसी बोल्सेभिक क्रा’न्तिमा लेनिन पछिको अतु’लनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद न’ष्ट गर्दै आफ्ना प्र’तिद्वन्’द्वी सबैको भौतिक सफा’या गरेका थिए र अदू’रदर्शी र लह’डी आर्थिक नीति ( मुख्यत: कृषि क्षेत्रमा ) लिएर लाखौं जनता भोकम’रीले म’र्ने स्थिति ल्याएका थिए। नेपालमा ओली प्रवृत्तिले झापा आ’न्दोलनमा चौध बर्ष जे’ल बसेको जस भजाएर पार्टीभित्रको सत्ता ह’त्याउ’ने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि-प्रणाली भ’त्काएर नि’रंकु’श बन्ने, पार्टी भित्र र वाहिरका विरो’धी’हरूमाथि विविध ढंगले द’मन गर्ने,स्वे’च्छाचारी र लहडी पा’राले विकासका सपना बाँड्ने तर ग’लत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने,कोरोना सं’कटको वेला पार्टी फुटाउने खेलमा लागेर चरम ग़ैरज़िम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ।

– यो चाउचेस्कु प्रवृत्ति हो: पूर्वी युरोपेली ‘क\म्युनिष्ट’ देश रूमा’नियाका क’म्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचे’स्कु र उनकी प’त्नी तथा उपराष्ट्रपति एलिना चाउ’चेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्र’ष्टाचार,विला’सिता ( उनको दरवार विश्वकै सबभन्दा ठुलो भवन मध्येमा गनिन्छ ),फ’जुलखर्च, स्वेच्छाचारिता,आफन्त/आसेपासेवाद,मनपरीतन्त्र गर्थे र पार्टी नेता/कार्यकर्ता तथा जनता यति नि’रीह, ला’चार,पी’डित थिए कि अन्तत: जनता र पार्टी कार्यकर्ता नै खुला वि’द्रो’हमा उत्रिएर उनीहरूको अ’न्त्य गर्नुपरेको थियो! नेपालमा ओली प्रवृत्तिले हुर्काएको यतिप्रक’रण/ओम्नीप्रकर’ण लगायतका अनगिन्ति भ्रष्टा’चार,राष्ट्रपति/प्रधानमन्त्रीको फजुल खर्च/विलासी शैली /ढाँटबाँट,आसेपासेको बाक्लो घेरा/उद’ण्ड शैली,मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फ़ाउन्डेशन/एनजीओ/आइएनजीओको विशाल तथा अपा’रदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता,आम पार्टी कार्यकर्ता तथा जनताको दीन’हीन अवस्था सबैको सामु छर्लंग छ!

*अ’ति भए पछि ख’ति हुन्छ भनिन्छ । त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू,संसद,अदालत,मिडिया,नागरिक अभि’यन्ता र आम जनताको सक्रियतामा यो कोरोनाभइरस भन्दा ख़’तर’नाक ओली प्रवृत्तिको भाइर’सलाई सदाकानिम्ति वि’दा गरौं ! नत्र यो भष्मा’सुरले सबैलाई सखाप पार्नेछ !

भट्टराईको फेसबुक पेज हेर्न यहा क्लिक गर्नुहोस्

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार