logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिकाे बैठक जारी


  • राजनीति
  • शनिबार, बैशाख १३ २०७७

चैत ११ गतेबाट जारी लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा सरकारले शनिबार निर्णय गर्ने भएको छ । त्यसका लागि शनिबार बिहान ११ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक जारी रहेको छ ।

पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिदैछ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकको निर्णयका आधारमा लकडाउनको स्वरुप परिवर्तन गर्ने वा अहिलेकै अवस्थालाई निरन्तरता दिने भन्ने निक्र्योल गरिने समितिका सदस्य समेत रहेका एक मन्त्रीले जानकारी दिए ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेल नेतृत्वको सो समितिलाई लकडाउनबारे छलफल गर्न जिम्मा दिएको थियो ।

शुक्रबार झापाका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किएका छन् ।

सरकारले पछिल्ला दिनमा कोरोना परीक्षणको दायरा बढाउँदै लैजाने नीति लिएको छ । सोही अनुसार संक्रमितको पहिचान र विश्लेषण गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार