logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

ओलीको अध्यादेशले बनायो बाबुरामलाई चौत्तीसेका नेता


  • राजनीति
  • शनिबार, बैशाख १३ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी फु’टाउन ल्याएको विवा’दास्पद अध्यादेश ५ दिनमै फिर्ता लिए । उनको योजना वि’फल भयो । तर, यसले समाजवादी र राष्ट्रिय जनता पार्टीलाई एक बनाइदियो । जसको प्रत्यक्ष लाभ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिए ।

नयाँ शक्ति हुँदा बाबुराम एक्ला सांसद थिए । कम्यु’निस्ट सिद्धान्त प’रित्याग गरेपछि उनले नयाँ शक्ति बनाउँदा जुन तामझाम थियो समय बि’त्दै जाँदा पार्टी कमजोर मात्र भएन उनलाई गोरखाबाट चुनाव जि’त्न हम्मे पर्यो ।

बाबुराम १६ सांसद सिट भएको संघीय समाजवादी पार्टीसँग एकता गर्न पुगे । जहाँ उनी अध्यक्ष नै बने । एक सिटका बाबुराम प्रतिनिसभामा १७ सिट रहेको पार्टीका नेता बन्न सके । एक सिट राष्ट्रिय सभा सदस्य छन् ।

अहिले समाजवादी पार्टी राजपासँग एकीकरण भएको छ । राजपासँग १७ प्रतिनिधिसभा सांसद सिट संख्या छ । २ राष्ट्रिसभा सदस्य छन् । पार्टी एकीकरण गर्दाको हस्ताक्षरमा बाबुरामको वरियता दोस्रो छ । महन्थ ठाकुरपछि उनको स्थान राखिएको छ ।

अब बाबुराम अध्यक्ष बन्ने निश्चितप्रायः छ । यसले उनलाई ३४ प्रतिनिधिसभा सदस्य भएको दलको नेता बनाएको छ । अब जनता समाजवादी पार्टी स्पष्ट रुपमा तेस्रो र बलियो शक्ति बनेको छ । राजनीतिक उतारचढाव भएमा बाबुराम प्रधानमन्त्रीका दाबेदार पनि बनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार