logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

ओली छाेडे प्रचण्ड राेजे पाैडेलले ?


  • राजनीति
  • शनिबार, बैशाख १३ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई अध्यादेश फिर्ता लिने बचन दिइसकेपछि पनि भैंसेपाटीमा नेकपाको ९ सदस्यीय सचिवालयका ६ जना नेताको अलग्गै बैठक किन बस्यो ? जुन बैठकमा महासचिव विष्णु पौडेलको सहभागितालाई लिएर ओली समूहभित्र खै’लाबैला म’च्चिएको थियो ।

जबकि, नेकपाभित्र अन्तरवि’रोध समा’धान गर्ने भूमिकामा प्रायः मध्यस्थकर्ता बन्ने गरेका पौडेल अध्यादेशको ‘क’न्टेन्ट’का पक्षमा सचिवालयमा प्रधानमन्त्री ओ’लीकै पक्षमा उभिएका थिए ।

पौडेलले सचिवालय बैठकमा अध्यादेशको पक्ष लिए पनि परिस्थिति बि’ग्रिन थालेपछि पार्टीलाई वि’भाजनको तहमा जान नदिन बिहीबार निर्णायक प्रयास गरेको नेकपा नेताहरू बताउँछन् ।

भैंसेपाटी बैठकबारे ओलीलाई पूर्वजानकारी थियो र महासचिव पौडेलको सहभागिता पनि उनको जानकारीबाटै भएको बालुवाटार स्रोतले जनाएको छ । पौडेल पुल्चोकस्थित गृह’मन्त्रीको निवासमै भएका बेला भैंसेपाटी बैठकको जानकारी आएको गृ’हमन्त्रीनिकट स्रोतले जनायो ।

महासचिव पौडेललाई भैंसेपाटीबाट बोलावट भए पनि गृहमन्त्री बादललाई भने फोन आएन । त्यसपछि करिब दुई घण्टाको छलफल टुंग्याएर पौडेल पुल्चोकबाट सिधै वामदेव निवासमा पुगे । यसबिचमा बालुवाटारमा पनि उनको कुरा भइरहेको थियो ।

भैंसेपाटी बैठकमा महासचिव पौडेल सहभागिताको समाचार सा’र्वजनिक भएलगत्तै उनले कित्ता परिवर्तन गरेको चर्चा चल्न थाल्यो । किनकि यसअघिका भैंसेपाटी बैठकमा पाँचजना नेता मात्र बस्ने गरेका थिए
महासचिव पौडेल भैंसेपाटी बैठकमा गएको प्रधानमन्त्री ओलीलाई जानकारी थियो । बालुवाटारमा भैंसेपाटी बैठकका बारेमा सुरक्षा निकायबाट खबर पुगेपछि क-कसलाई बोलाइएको भन्ने सोधखोज हुँदा ईश्वर पोखरेल र बादलबाहेक अन्य सबै बस्न लागेको जानकारी पुग्यो । पौडेल दिनभरको कसरतपछि साँझ भैंसेपाटी पुगेका थिए ।

वामदेव गौतमको निवासमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको छलफल निष्कर्षमा पुग्न लागिसकेको थियो । अ’ध्यादेश फिर्ता लिन लगाउने र फिर्ता नलिए स्थायी कमिटी बैठकबाट निर्णय गर्ने भैंसेपाटी बैठकको निष्कर्ष थियो । अध्यादेश फिर्ता गराउन महासचिव पौडेल दिनभर सक्रिय भएकाले उनले पनि सो निष्कर्षमा वि’मति जनाएनन् ।

प्रचण्डले त्यसअघि नै सचिवालयका प्रायः सबै नेताहरूसँग एक्लाएक्लै छलफल गरेर प्रधानमन्त्रीको मुडका बारेमा बताइसकेका थिए । तर, भैंसेपाटी बैठकमा महासचिव पौडेल सहभागिताको समाचार सार्वजनिक भएलगत्तै उनले कि’त्ता परिवर्तन गरेको चर्चा पनि चल्न थाल्यो । किनकि यसअघिका भैंसेपाटी बैठकमा पाँचजना नेता मात्र बस्ने गरेका थिए ।

महासचिव पौडेलले बिहीबार एकैदिन राष्ट्रपति विद्या भण्डारीदेखि पार्टीभित्र र बाहिरका करिब एक दर्जन नेताहरूसँग छलफल गरे। शीतल निवास पुगेर उनले अध्यादेश फि’र्ता लिनुपर्ने अवस्था आएको जानकारी गराए ।

राष्ट्रपतिले बाहिरको परिस्थितिबारे चासो राखे पनि अध्यादेश फिर्ताका बारेमा कुनै टिप्पणी नगरेको स्रोतले जनाएको छ ।

महासचिव पौडेलले भने पार्टीभित्रै सं’कट आएकाले अध्यादेश फिर्ताका लागि आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए । उनले बालुवाटारमा प्रधानमन्त्रीलाई सोही सुझाव दिएका थिए ।

प्रधानमन्त्रीको जानकारीबाटै उनी सचिवालयका नेताहरूसँग छलफलमा जुटेका थिए । पौडेलले ईश्वर पोखरेल र रामबहादुर थापासँग अल’ग-अल’ग छलफल गरिरहेकै बेला उनलाई भैंसेपाटीमा बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीकै जानकारीमा महासचिव पौडेल भैंसेपाटी बैठकमा सहभागी भए पनि ओली समूहमै उनको सहभागितालाई लिएर खैला’बैला म’च्चियो ।

पौडेलले आफूनिकट नेताहरूलाई पार्टीको आन्तरिक राजनीतिलाई अध्यादेशको पक्ष र विपक्षमा ध्रु’वीकृत गरेर वि\भाजनको विन्दुमा लैजान चाहने शक्तिको चल’खेल भएपछि आफूले राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष र अन्य नेताहरूसँग छलफल गरेको बताएका थिए ।

पौडेलनिकट नेता खिमलाल भट्टराई भन्छन्, ‘उहाँको विशेषता भनेकै पार्टीभित्र नेताहरूबीच अ’न्तरवि’रोध चर्का’उने भन्दा पनि मिलाउने खालको हो । यसपटक पनि उहाँ पार्टीभित्र गम्भीर संक’ट निम्त्याउने चल’खेल भएको बुझेपछि दिनभर सक्रिय हुनुभएकै हो । भैंसेपाटी बैठकमा प्रधानमन्त्रीलाई जानकारी दिएरै जानुभएको हो, यसैलाई लिएर कि’त्ता फेरिएको भन्नुको कुनै अर्थ छैन ।

नेताहरूबीच समदुरी कायम गर्ने स्वभावकै कारण कतिपय गम्भीर विवादका बेला पौडेलको भूमिका मध्यस्थ’कर्ताका रुपमा देखिने गरेको केन्द्रीय सदस्य प्रेम आले बताउँछन् ।

कतिपयले अहिलेको भूमिकालाई लिएर कित्ता परिवर्तनको चर्चा चलाउनु अर्थही’न रहेको उनको भनाइ छ । तत्कालीन एमाले र मा’ओ}वादी एकीकरणका सू’त्रधार समेत मानिने पौडेल खुलेर गुट’को पक्षपोषण गर्दैनन् ।

उनी दिनमा एकपटक बालुवाटार पुग्छन् भने खुमलटार पुगेर अर्का अध्यक्ष प्रचण्डसँग पार्टी सञ्चालनका बारेमा छलफल गर्छन् । पार्टी महासचिव भएका कारण दुवै अध्यक्षलाई ब्रि’फिङ गर्ने र निर्देशनहरू लिनुपर्ने उनको बाध्यता पनि छ।

प्रधानमन्त्री ओलीसँगका अ’सन्तु’ष्टि वा कुनै सन्देश नै पठाउनुपर्दा पनि प्रचण्डले महासचिव पौडेललाई सुनाउने गर्छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पौडेल सरकारले ल्याएको प्रावधानभन्दा पनि अझ खुकुलो हुनुपर्छ भन्ने पक्षमा थिए । सरकारले केन्द्रीय समिति वा संसदीय दलका ४० प्रतिशत सदस्यले अलग पार्टी खोल्न पाउने भनेर अध्यादेश ल्याएको थियो । त्यसअघि दुवै ठाउँमा ४० प्रतिशत सदस्यको प्रावधान थियो ।

तर, महासचिव पौडेल भने केन्द्रीय समिति होइन, संसदीय दलको ४० प्रतिशतले अलग दल खोल्न वा अन्य दलमा मिसिन पाउनुपर्ने पक्षमा उभिएका थिए । उनको तर्क के थियो भने केन्द्रीय समिति भनेको कार्यकर्ताले चुन्ने हो । बालिग मताधिकारबाट चुनिने सांसदहरुको ४० प्रतिशतलाई मान्यता दिनु लोकतान्त्रिक पद्दति हुने उनको भनाइ थियो ।

पार्टीभित्र र बाहिर पर्याप्त परामर्श र गृहकार्य नगरी अध्यादेश ल्याउँदा पार्टीमै समस्या आएकाले मात्र तत्काल यसलाई फिर्ता गराएर दु’र्घट’ना टा’र्न उनले निर्णायक भूमिका खेलेको नि’कटस्थहरू बताउँछन् ।

यही मौका हो भने पार्टीभित्रै एकथरी मान्छेहरू प्रधानमन्त्रीलाई घे’राब’न्दी गर्न अग्रसर भएपछि अध्या’देश फिर्ता लिएर म’त्थर पार्ने विकल्प सुझाउने क्र’ममा पौडेल शीतल निवाससमेत पुगेको निक’टस्थहरूको दाबी छ ।

यहाँ बिर्सिन नहुने अर्को पनि एउटा पक्ष छ । वामदेव गौतम र विष्णु पौडेलको व्यक्तिगत सम्बन्ध निकै सुमधुर छ । पूर्वएमालेमा वामदेवलाई केपी ओलीको गु’टमा ल्याउने भूमिका विष्णु पौडेलले नै खेलेका थिए । यही निकटसम्बन्धका कारणले पनि पौडेललाई वा’मदेवको निवासमा नि’म्त्याइएको हुन सक्छ ।

अर्कोतर्फ, भैंसेपाटी बैठकमा पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई नबोला’इनुकोकारण चाहिँ उनी केपी ओलीको गु’टमा लागेका कारणले हो । अध्यादेश जारी गर्ने क्याबिनेटमा मात्र होइन, त्यसपछिको सचिवालय बैठकमा पनि बादलले इतिहासको महत्वपूर्ण घडीमा प्रधानमन्त्री ओलीले स’हासिक निर्णय गरेर अध्यादेश ल्याएको भन्दै समर्थन जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार