logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ब्रेकिङ्ग… १० दिन थपियाे लकडाउन


  • राजनीति
  • आइतबार, बैशाख १४ २०७७

लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न आइतबार अपरान्ह मन्‍त्रिपरिषद्‌को बैठकले थप १० दिनकाे लागि लक डाउन थप्ने निर्णय गरेकाे छ । अपरान्ह ५ बजे बसेकाे बैठकले लकडाउन थप्ने निर्णय गरेकाे हाे ।

सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गतेे सकिदैछ । संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्‍न सुझाव हिजाे दिएकाे थियाे । स्वास्थ्य मन्‍त्रालयले पनि एक साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियाेे ।

लकडाउनलाई राजधानीमा केही खुकुलो बनाउने दबाब आए पनि कम्तीमा अझै एक साता खकुलो बनाउन नहुने सल्लाह विज्ञहरुले समितिलाई दिएका छन् ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो।

छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले यहाँ लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन थप्‍ने निश्कर्षमा पुगेको हो।

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने झन्डै दुई लाखले ज्यान गुमाएका छन्। नेपालमा पनि संक्रमितको संख्या ५१ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार