राजनीति
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अ’पहरण तथा शरीर ब’न्धकको मु’द्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।
सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।
परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा छैनन् । जसपाका नेताहरुले एसपी सोमेन्द्र राठोरसँग कुराकानी गरिरहेका छन् । त
खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अ’पहरण गरिएको दाबी गरे ।
भोलिपल्ट विहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगे । र, आफूलाई अ’पहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् ।
तर खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।