logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

अपहरणका दाेषीमाथी कार्वाहीकाेे माग गर्दै कांग्रेसकाे मसाल जुलुस


  • राजनीति
  • आइतबार, बैशाख १४ २०७७

सांसद अपहरणकाे विराेधमा नेपाली कांग्रेसले आइतबार साझ मसाल जुलुस निकालेकेा छ । नेपाली कांग्रेस सिन्धुपाञ्चोकले जनता समाजवादी पार्टीका नेता तथा सांसद डा. सुरेन्द्र यादवकाे अपहरणमा संलग्नहरूलाई कार्वाहिकाे माग गर्दे मसाल जुलुस निकालेकेा हाे ।

सिन्धुपाञ्चोक क्षेत्र नंं १ ले सासद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्ब आइजिपी सर्बेन्द्र खनाल अपहरणमा सलग्न भएको भन्दै जनता समाजबादी पार्टीले नेताहरुले मुद्दा दर्ता गर्दा प्रहरीले नमानेपछि काङ्ग्रेस सरकारको बिरोध गर्दै राके जुलुस निकालेको हो ।

जुलुसमा कांग्रेसले ,पूर्व सचिव भिम उपाध्ययको रिहाइको समेत माग राखेको छ । लकडाउनकाे समेत पर्वाह नगरि कांग्रेसका सयाै कार्यकर्ताहरू मसाल जुलुसमा सहभागी भएका थिए ।

पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवशायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियाे ।

बाबुराम भट्टराईकै नेतृत्वमा अन्य नेताहरु समेत गएर जाहेरी पार्टीका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा अपहरित भनिएका सांसद सुरेन्द्र यादव सहित कानुन व्यवशायी दिनेश त्रिपाठी लगायतका पनि पुगेर कानुनी तर्क गरे पनि प्रहरीले दर्ता गर्न नमानेको समाजवादीका नेता राजेन्द्र महतोले बताए ।आफ्ना सांसद सुरेन्द्र यादव गरेको भन्दै जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकु पुगेको समाजवादी पार्टीका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसहितको टोली दर्ता नभएपछि फर्किएको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार