logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

हेलिकप्टरको पंखाले कोरोना भाग्दैन भन्दै मन्त्री माथी व्यंग्य


  • राजनीति
  • सोमबार, बैशाख १५ २०७७

नेपाली कांग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले हेलिकप्टरको पंखाले कोरोना नभाग्ने बताएका छन्। शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश १ का मुख्यमन्त्री शेरधन राई कोरोना प्रभावित क्षेत्र उदयपुरको भुल्के आएको प्रसंगलाई लक्ष्य गरी नेता कार्कीले यस्तो टिप्पणी गरेका हुन्।

भुल्के क्षेत्रका जनता स्वाब संकलन सामग्री र राहतको पर्खाइमा भए पनि उनीहरु निरा’श भएका प्रमुख सचेतक कार्कीले बताए। पत्रकारहरुसँग कुराकानी गर्दै नेता कार्कीले भने, ‘ कोरोना सं’क्रमित क्षेत्रका जनतामा अझै पनि त्रा’स र भ’य छ, त्यसको सम्बोधन कतैबाट भएको छैन, स्थानीयको मुहारमा चमक ल्याउने काम मुख्यमन्त्री यहीँ पुगेर पनि गर्न सकेनन्।’

भुल्के क्षेत्रको मुस्लिम समुदायहरुको मात्र थ्रोट स्वाव संकलन गरिएको र अन्य समुदायको स्वाब संकलन नगर्दा स्थानीयमा त्रा’स कायमै रहेको नेता कार्कीको बुझाइ थियो।

उदयपुरको भुल्के क्षेत्रको भ्रमण गरेर फर्किएका कार्कीले कोरोना प्रभावित क्षेत्रलाई सिल गरिएको र लकडाउनलाई थप कडा बनाइएको अवस्थामा स्थानीय सरकारले राहत वितरणमा समेत सक्रियता नदेखाएका कारण यस क्षेत्रका नागरिकको दैनिकी असहज बन्दै गएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार