राजनीति
वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी संकटमा मा परेका छन् । आफ्नै पार्टी देखी अन्य दलहरुको नि’शाना बनेका ओली आफ्नो गतिविधि प्रती खास समिक्षा गर्न तयार देखिदैनन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सरकारमाथि चौतर्फी घेराबन्दी गरिएको खु’लाइसकेका छन् । ओलीलाई घेराब’न्दी पार्ने योजना तत्कालको होइन यसको लामो शृंखला चल्दै आएको छ ।
दुईपटक मृगौला फेरेर पनि राजनीतिक सक्रियता नघटाएका र राजनीतिक रुपमा कमजोर नभएका ओलीलाई हटाउने चलखेल भएपछि उनले लकडाउनका बेलामा जोखिम मोलेर दुईवटा वि’वादा’स्पद अध्यादेश ल्याएको खु’लिसकेको छ । उनका प्रेस सल्लाहकार थापाले ष’ड्’यन्त्रहरु भएको दोहोर्याउँदै आएका छन् । ओलीविरुद्’ध अहिले नेकपाका चारजना प्रभावशाली नेताहरु एकजुट भएका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका अलवा उपाध्यक्ष वामदेव गौतम समेत ओलीविरु’द्ध खनिएका छन् । तैपनि, ओलीलाई हटा’उन सकेका छैनन् । न त ओली राजीनामा दिने मनशा’यमा देखिन्छन् ।
कहिले प्रचण्डनिवास खुमलटार त कहिले वामदेव गौतम निवास भैंसेपाटीमा ओली इतरका नेताहरुको बैठक बसेर ओलीविरु’द्ध रण’नीति बन्दै आएको छ । हिजोमात्र कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा भावी रणनीति तय भएको छ । जसमा माधवकुमार नेपाललाई प्रधानमन्त्री मान्न प्रचण्ड तयार भइसकेको खबर सार्वजनिक भइसकेको छ । तर, पार्टीको सबै बाग’डोर प्रच’ण्डको हातमा सुम्पिएर प्रधानमन्त्री मात्र बन्न माधव नेपाल तयार छै’नन् । उनका समर्थकहरुले पनि अध्यक्ष र प्रचण्ड दुवैमा दाबी रहनुपर्ने भनी सुझाव दिइसकेका छन् ।
‘रात रहे अग्राख पलाउँछ’ भनेझैं ओलीले विगत दुई रातमा एकपछि अर्को रणनीति चालेर फकाउने र ध’म्क्याउने सम्मको गतिविधि गरिसकेका छन् । उनले सबै राजनीतिक र गैरराजनीतिक संयन्त्र चलाएर नेकपाभित्र र बाहिरका नेताहरुको टाउकोमा तर’बार झुण्ड्याइदिएका छन् । यसकारण ओलीलाई तत्का’ल हटाउने वा’ध्या’त्मक परिस्थिति खडा गर्न नेताहरुलाई ह’म्मे परेको छ । प्रक्रिया पुर्याएर स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बसेर निर्णय गराई ओलीलाई ह’टाउने तयारी नभएको होइन । तर, ओली बैठक डा’क्न मा’निरहेका छैनन् । बैठकको मिति लम्बिदै जाँदा उनले झन् नयाँ चलखेल गर्ने सम्भावना उ’त्तिकै छ ।
ओलीसामु कि ह’ट्ने कि आफ्ना वि’रोधीलाई तह लगाउने बाहेक विकल्प छैन । यसका लागि उनले राज्य संयन्त्रको ह’दैसम्मको प्रयोग गर्न सक्छन् । राज्यका धेरै निकायमा उनको क’ब्जा रहेको देखिन्छ । सबै संयन्त्रमा पकड बनाएकाले पनि ओलीलाई ह’ल्लाउन नेकपाभित्रका चार प्रभावशाली नेतालाई ह’म्मे परिरहेको छ । त्यसमाथि ओलीले राजनीतिक च’क्र घुमाइरहेका छन् ।
ओलीले आफूलाई हटाउन चु’नौती समेत दिएको खबर आएको छ । उनले अविश्वासको प्रस्तावको सा’मना गर्ने देखि अन्य कठोर कदम चाल्ने सम्मको तयारी गरेका छन् । यसअघि नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत मध्यावधिको विषय उठाएर आ’लोचित भएका थिए । परराष्ट्रमन्त्री भइसकेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वापात्रले त्यसै यसो भनेका थिएनन् । अहिले देश त्यो दिशातर्फ जाने सम्भावनालाई नका’र्न सकिन्न । ओली चाल्नसक्ने क’ठोर कदममा यो पनि पर्नसक्छ । कुनैबेला गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र ३६ सेको घेराब’न्दीमा परेपछि मध्यावधिको घोषणा गरेका थिए ।
ओलीसामु अर्को विकल्प सं’कटकाल घो’षण पनि हुनसक्छ । देश महा’मारीको सं’कटमा रहेको बहानामा उनले त्यस्तो कदम चाल्न सक्छन् । त्यसो हुँदा अहिलेको राजनीतिक प्रणाली नै धरापमा पर्न सक्छ । क’ठोर मन भएका ओलीले आफ्नो राजनीतिक भविष्य नै जो’खिममा परेमा यस्तो अ’प्रीय निर्णय समेत लिन सक्छन् । अहिले नेकपाका ओली वि’रोधी नेताहरुलाई यो भ’यले पनि स’ताइरहेको देखिन्छ ।