राजनीति
दुई पार्टी एमाले र माओवादी केन्द्रको एकताको टुंगोमा पुग्ने चर्चा चलिरहेको बेला माओवादी केन्द्रका नेता कार्यकर्ताले पार्टी छोडेको घोषणा गर्न थालेका छन् ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच हिजो चार बुदे सहमति भए संगै एमाले-माओवादी एकताले नयाँ मोड लिएको हो ।
पार्टी छाड्नेमा माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीकी पुर्व नेत्री राजेश्वरी सुबेदी एक हुन् । उनले आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेकी हुन् ।
उनले पार्टी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै पार्टी छोडेको घोषणा गरेकी छन् । हेरौ उनले के लेखिन् फेसबुकमा :
क. अध्यक्ष लालसलाम, २०७५/१/२१ गते
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
विषय : पार्टी परित्याग बारे !
म लामो समय देखि सम्लग्घ भएर काम गर्दै आईरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को सबै तह र र साधारण सदस्य,आजैको मिती देखि लागुहुने गरि परित्याग गरेको जानकारी गराउन चाहान्छु ! अहिले सम्म यो पार्टीले देश र जनता प्रति गरेको योगदान र बलिदानको लागि धन्यवाद ब्यक्त गर्दछु !
राजेश्वरी सुबेदी
