logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

ओली प्रधानन्यायाधीश बिच मध्यरातमा भेट, बजेकै हो त खतराको घण्टी


  • राजनीति
  • मंगलबार, बैशाख १६ २०७७

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच सोमबार राति भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच भेटवार्ता भएको हो । राती अबेर राणा बालुवाटारस्थित क्वार्टरबाट सँगै जोडिएको प्रम निवास पुगेको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

राणा क्वार्टरकै भित्रीबाटो हुँदै प्रम निवास छिरेका थिए ।
प्रधानन्यायाधीश निवासबाट प्रम कार्यालय छिर्ने सो गेट खिलराज रेग्मी प्रधानन्यायाधीशसँगै मन्त्रीपरिषदको‌ अध्यक्ष हुँदा ओल्लो पल्लो क्वार्टरमा ओहरदोहर गर्न सहजताका लागि खोलिएको थियो ।

त्यसबेलादेखि हालसम्म पनि आवश्यक पर्दा गेट खोल्ने गरिएको थाहा भएको‌ छ ।
पछिल्लो समय ओलीले दुई अध्यादेश ल्याएपछि गर्माएको राजनीति सो फिर्ता लिँदासम्म पनि सामान्य भएको छैन बरु नेकपाभित्रको आन्तरिक राजनीति नै पेचिलो बनेको छ ।
यस्तो अवस्थामा ओली र राणाबीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । मंगलबार नै नेकपाले सचिवालय बैठक समेत बोलाएको छ ।
यसैबीच सोमबार नै ओलीले चिनियाँ राजदूतलगायतसँग पनि भेट गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार