logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डका, तीन नेता किन ओली सगै उभिए ?


  • राजनीति
  • मंगलबार, बैशाख १६ २०७७

संसदिय हिसावले बलियो मानिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा यति बेला विवादै विवादको संकटबाट गुज्रीरहेकी छ । पछिल्लो समय नेकपामा चर्किएको वि’वादसँगै नेता तानातान सुरु भएको छ। केही दिनयता महाधिवेशनको जस्तै दृश्य देखिन थालेको छ।

नवौं महाधिवेशनमा केपी ओली प्यानलबाट निर्वाचित विष्णु पौडेल वैशाख ११ मा भैंसेपाटीमा भएको सचिवालयका शीर्ष ६ नेताको बैठकमा सहभागी भए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा उपाध्यक्ष वामदेव गौतम निवासमा भएको सचिवालयका बहुमत सदस्यको उक्त बैठकले ओलीलाई अब बिदा नै गर्नुपर्ने निचोड निकालेको थियो।

वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष प्रचण्ड समूहको घेराब’न्दीमा परेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई सरकारबाट बिदा गर्ने रणनीतिक योजना त्यही बैठकमा बनेको बताइन्छ।

ईश्‍वर पोखरेल जस्तै ओलीका क’ट्टर समर्थक मानिने पौडेल भैंसेपाटी बैठकमा सहभागी भएपछि आश्‍चर्यजनकरुपमा हेरिएको थियो। काठमाडौंमा ६ वर्षअघि भएको नेकपा एमालेको नवौँ महाधिवेशनमा वामदेव गौतमलाई अन्तिम समयमा ओली प्यानलमा ल्याउन पौडेलले नै पहल गरेका थिए। वामदेव आफ्नो प्यानलमा आएपछि ओलीले अध्यक्षमा नेपाललाई पराजित गर्न सकेका थिए।

तर, बालुवाटारको जग्गा खरिद प्रकरणमा आफूलाई मुछेको भन्दै असन्तुष्टि जनाइरहेका पौडेल भैंसेपाटी बैठकमा सहभागी भएसँगै महाधिवेशनमा झैँ नेता तानातान सुरु भएको हो।

अर्कातिर आफूलाई संसदमा लै’जान नमानेपछि उपाध्यक्ष वामदेव गौतम ओलीलाई बिदा नै गर्नुपर्ने अभियानमा जुटेका छन्। उनले केही दिनअघि बालुवाटारमै पुगेर कि सुध्रिन होइन भने सरकारबाट बिदा नै हुन आग्रह गरेका थिए।

बर्दियामा परा’जित भएपछि उपनिर्वाचनमार्फत प्रतिनिधिसभा जाने बाटोमा ओली नै तगारो बनेको ठहर उनले गर्दै आएका छन्। काठमाडौं ७ बाट रामवीर मानन्धरलाई राजीनामा गराएर आफू चुनाव लड्ने बाटोमा ओली नै बाधक बनेको निचोडसहित उनी रिसाएका थिए।

त्यसयता ओलीसँग उनको सम्बन्ध बि’ग्रँदै आएको छ। राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्‍न पाउने गरी कानुन संशोधन गर्न ओली तयार नभएपछि गौतम झनै टाढिएका छन्। उनले प्रतिनिधिसभाबाट सम्भव नभएपछि राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्‍ने बाटो खोलिदिन दुवै अध्यक्षलाई आग्रह गरेका थिए। तर ओलीले उनको प्रस्ताव अस्वीकार गर्दै कानुन संशोधन गर्दा शासकीय प्रणालीमै समस्या आउने बताएका थिए।

त्यसपछि गौतम ओलीलाई कुनै पनि हालतमा सरकारबाट बिदा गर्ने रणनीतिमा सक्रिय छन्। आफ्नो निवास भैंसेपाटीमा दोस्रो पटक ओलीविरु’द्धको बैठक उनैले आयोजना गरेका थिए। गत मंसिरमा सभामुख चयनले उ’ग्र विवाद लिएपछि उनकै आयोजनामा ओलीविरुद्ध बैठक बसेको थियो। वैशाख ८ को अध्यादेशपछि उनैले ओलीविरुद्धको बैठक आयोजना गरेका छन्।

ओलीलाई सचिवालय र स्थायी कमिटीमा अल्पमतमा पारेर बिदा गर्ने रणनीतिमा दाहाल-नेपाल समूह जुटिरहेका बेला नेताहरुले फरक फरक धारणा सार्वजनिक गरिरहेका छन्।

सरकारको विकल्प नखोजौं : भट्ट

‘जनयु’द्ध’देखि नै अध्यक्ष प्रचण्डको साथमा रहेका नेता लेखराज भट्टले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिएमा दु’र्घटना हुने नै चे’तावनी दिएका छन्।

एक टेलिभिजन अन्तर्वर्ताका क्रममा उद्योगमन्त्रीसमेत रहेका उनले सोमबार ओलीविरुद्ध मोर्चाबन्दी भइरहँदा अहिले त्यस्तो खोजिनु गलत हुने बताएका हुन्। ‘यतिबेला सरकार परिवर्तन गर्ने होइन? नेपाली जनताले नेकपालाई ५ वर्ष म्याण्डेट दिएका छन्। दुई अध्यक्षबीच पाँच वर्ष एकले सरकार चलाउने, कार्यकारी अध्यक्षको हैसियतले पार्टीका कामकारबाही र गतिविधिहरु अर्कोले बढाउने सहमति भएको हो’, उनले भनेका छन्, ‘अहिले पूरा विश्‍व संकटमा छ। हामीले प्रधानमन्त्री ओलीको नेतृत्वमा कोरोनामाथि विजय प्राप्त गर्दैछौं। त्यसैले यसबेला विकल्प खोजिँदा दुर्घटना हुन्छ।’

भट्ट अर्का अध्यक्ष दाहालका विश्वासपात्र मानिँदै आएका छन्। भट्टले आइतवार प्रधानमन्त्री ओलीसँगै छुट्टै भेटवार्ता गरेका थिए। आफूले प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा आजको आवश्यककता फु’टको नभएर सुदृढ एकताको भएको सुझाव दिएको उनले बताएका छन्।

टोपबहादुर यसो भन्छन्

नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पनि यो बेलामा राजनीतिक अस्थिरता ल्याउने काम कसैले गर्न नहुने बताएका छन्। प्रधानमन्त्री ओलीविरु’द्ध  ‘प्रचण्ड’ र वरिष्‍ठ नेता माधव नेपाल समूहले चलाएको हस्ताक्षर अभियानलाई उनले गलत भएको बताएका छन्।

ओलीसँग दाहाल र नेपालको दूरी बढ्दै गएको अवस्थामा चलाइएको भनिएको हस्ताक्षर अभियानप्रति रायमाझीले गम्भीर असहमति जनाएका हुन्। अध्यक्ष प्रचण्ड र वरिष्ठ  नेता नेपालको निर्देशनमा ओलीविरु’द्ध चलाइएको हस्ताक्षर अभियानविरुद्ध रायमाझीले मुख खोलेका हुन्। रायमाझीले पार्टी एकतामा असर गर्ने गरी हस्ताक्षर अभियान चलाउनु गल’त भएकाले स्थगित गर्नुपर्ने धारणा राखेका छन्।

‘अहिलेको संकटको अवस्थामा पार्टी एकतालाई कमजोर बनाउन हस्ताक्षर अभियान चलाउनु हुँदैन’, उनले भनेका छन्, ‘म हस्ताक्षर अभियानमा सहमति जनाउन सक्दिनँ। कोरोनाको महामारीका बेला चलाइने हस्ताक्षर अभियानले जनतामा ग’लत सन्देश जान्छ। यसलाई उचित मान्‍न सकिँदैन।’

दीनानाथको फरक कुरा

अर्कातिर नेकपाको राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी फु’टाउने र सरकार ढाल्ने खेलमा नलाग्‍न सुझाव दिएका छन।

मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर नेता शर्माले अहिले सरकारलाई प्रभावकारी बनाउने उपायमा जुट्न सुझाव दिएका हुन्। पार्टीलाई एकढिक्का बनाउने काममा ध्यान दिन उनले प्रचण्डलाई आग्रह गरेका छन्। खतिवडाले सरकार ढाल्न खोज्दा पूर्व एमाले समूह एकजुट हुने अवस्था आउनेतर्फ सचेत गराएका स्रोतले जनाएको छ।

शर्माले पनि नेपाल र दाहाल समूहले चलाइरहेको हस्ताक्षर अभियायनमा असहमति जनाएका छन्। उनले समस्या भएमा बसेर समाधान गर्न सकिने बताउँदै आफ्नै सरकार ढाल्ने अभियानमा नलाग्न भनेका हुन्। खतिवडाले सोमबार प्रधानमन्त्री निवास बालुवाटार वार्ताद्वारा समाधान खोज्‍न आग्रह गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार