logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

राष्ट्रपतिको बारेमा बोल्दा सुनारलाइ ५ वर्ष जेल


  • पत्रपत्रिका
  • बुधबार, बैशाख १७ २०७७

सर्वसाधारणले वि’रोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जे’ल स’जाय सुनाउन हता’र गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अ’परा’ध गर्दा पनि उन्मु’क्ति दिँदै आएको छ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मु’छिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अप’हरण’का’रीको आ’रोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको सरकारले पूर्ण बचाउँ गर्दै आएको छ। यसबाहेक सरकारले आफ्नातर्फबाट भएका कयौं क’मीकम’जोरीको ढाकछोप गर्दै आएको छ।

सर्वसाधारणलाई भने सरकारले सामान्य गल्तीमा पनि प’क्राउ गर्दै आएको छ। पूर्वसचिव भीम उपाध्याय ६ दिन प्रहरी हि’रासतमा बसेर सोमबार रिहा भएका छन्। त्यस्तै, राहत वितरण र सरकारको आलोचना गरेको भन्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही ललितपुर प्रहरीको हिरा’सतमा बाट हिजो मात्र रिहा भए ।

झन्डै दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किनिएको १६ करोडको गाडीको विषयमा लेख्दा सोनमकुमार सु’नारले पाँच वर्ष जे’ल सजाय पाए। उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार