राजनीति
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा प्रखर बत्ता लेखनाथ न्यौपानेले कम्युनिस्ट पार्टीका नेता असनका साढे जस्ता बनेको बताएकाछन । पछिल्लो समय सरकार र सत्तारूढ नेकपा भित्र देखिएको राजनीति गतिविधि तिर लक्ष्यित गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेकाहुन ।
सामाजिक सन्जाल फेसबुकमा स्टाट्स अप्लोड गर्दै नेता न्यौपानेए नेताले नितिगत गल्ती गर्दै जाने र ब्यक्तिगत अहंकार बोक्ने हो भने आफ्नो पार्टीकै कारणले कम्युनिस्ट आन्दोलन सकिने निस्कर्ष सार्वजनिक गरेकाहुन ।
अहिलेको पार्टी र सरकारको गतिविधि हेर्दा कम्युनिस्ट आन्दोलनलाइ श्रद्धाञ्जली दिने पात्र वर्तमानका नेतृत्व हुने ठोकुवा गरेकाछन । चर्चित बिद्यार्थी नेताको छबी समेत भएका न्यौपानेले यस्तै तरिकाले ज्योती बशु बन्ने बाहेक अर्को नदेखिएको उल्लेख गरेकाछन ।
न्यौपानेको स्टाट्स
दुखकासाथ कस्सिएर लेखियो #परेको बेहोरिन्छ
कम्युनिस्ट पार्टीका नेता भएर असनको साँढे बन्ने व्यवहार देखाइरहने हो भने, नीतिगत गल्ति गर्दै जाने हो भने र व्यक्तिगत अहकांर बोक्ने नै हो भने अन्यत्र जस्तै हाम्रोमा पनि दुबै रुप (एउटा रुपको आन्दोलन विसर्जन गरेरै यो ठाउँमा आएका हामी बहादुरहरु हौं) का कम्युनिस्ट आन्दोलन अन्तिम ढंगले सकिने छ । आन्दोलनलाई श्रद्धान्जली दिने अन्तिम पात्रहरु आजको नेकपाको नेतृत्व पुस्ता हुनेछ । ज्योति वसुमा अंहकार थियो कि थिएन कुन्नी तर नीतिगत कमजोरी बेस्कन गरेको प्रष्ट देखिन्छ । त्यसैले नेकपा, पश्चिम वंगालको भाकपा (माक्र्सवादी) र यसको तर्फबाट सरकारको नेतृत्व गरेको ज्योति वसुको हालतमा विसर्जन हुने पक्का छ ।