logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपामा आपसमा लडाउने समूह हावी, दुबै टिममा फरक लाइन


  • राजनीति
  • बुधबार, बैशाख १७ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहँदै आएका नेकपाका हस्तीहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल पार्टी एकता जोगाउन र अर्को पक्षलाई समझदारीमा ल्याउन प्रयत्नरत छन् ।

पार्टी एकता जोगाउनकै लागि मुख्यमन्त्री शंकर पोखरेल बुटबलबाट काठमाडौं आएर कहिले कोटेश्वर त कहिले खुमलटार गरिरहेका छन् । उनले आवश्यक परे मुख्यमन्त्रीसमेत त्याग्न तयार रहेको नेतृत्वलाई बताएका छन् । अरु नेताहरु पनि दुरी घटाउन लागिपरेका छन् ।

तर, केपी ओलीकै निकटस्थ रहेका अन्य केही नेताहरु चाहिँ पार्टीमा एकताभन्दा पनि मु’ठभेड निम्त्याउने तयारीमा छन् । उनीहरु विभिन्न सांसदलाई लिएर बालुवाटार जाने र संसदीय दलमा प्रधानमन्त्रीलाई बहुमत पु¥याइन्छ, तपाई नझुक्नोस् भन्दै उक्साउन सक्रिय बनेका छन् ।

प्रधानमन्त्री ओलीलाई संसदीय दलमा बहुमत देखाउने अभियानमा सांसद महेश बस्नेतसहितको टोली सक्रिय बनेको छ । यो टोलीमा सांसद किसान श्रेष्ठलगायतका अन्य सांसद पनि सक्रिय भएर लागेका छन् । उनीहरु विभिन्न सांसदलाई भेट्ने र ओलीतिर नजिक ल्याउने कार्यमा सक्रिय बनेका छन् ।

बालुवाटारको रणनीति हेर्दा केपी ओलीका समर्थकहरुमै दुई लाइन देखिन्छ । एकथरि नेता समझदारीका लागि प्रयासरत छन् भने अर्काथरि नेताहरु माधव नेपाल–प्रचण्ड समूहप्रति आक्रामक देखिएको छ ।

जस्तो– ओली समूहमै रहेका कतिपयले पूर्वमाओवादीका प्रभु साहलाई आफूतिर तान्न खोजिरहेको देखिन्छ भने अर्को समूहले उनलाई ‘बाबुरामबाट जोगाइएका काशी तिवारीका ह’त्या’रा’ भनेर बदनाम गर्ने काम पनि सँगसँगै गरिरहेको छ । विशेष गरी महेश बस्नेतको निकट रहेका युवा संघका नेता–कार्यकर्ताहरु प्रभु साहको वि’रु’द्ध लागेका छन् ।

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महत्ततरीबाट उठाएर ल्याएपछि सरकार आलोचनाको शिकार भयो । तर, यही घटनामा बाबुराम भट्टराईवि’रु’द्ध मधेस बस्नेतनिकट युवा संघका कार्यकर्ताहरु मु’द्दा ममिलामै उत्रिएर वातावरणलाई झनै उ’त्तेजित बनाउने काम गरिरहेका छन् । तर, युवा संघका संयोजक दीपशिखाको पहलमा युवा संघ अहिले ‘ब्याक’ हटेको स्रोतले बतायो ।

प्रचण्ड समूहमा पनि दुई धार : ओलीलाई ह’टाउने कि समझदारी गर्ने ?

नेकपाभित्र प्रचण्डले नेतृत्व गरेको पूर्वमाओवादी समूहमा पनि दुई धार देखिएको छ । नेकपाभित्र माधव पक्षले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने चे’तावनी दिइरहेका बेला पूर्वमाओवादी खेमाका केही नेताले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु हुन्न भन्दै ओली र प्रचण्डबीचको एकतामा जोड दिएका छन् ।

ओलीले दुईमध्ये एक पद नछाडे प्रधानमन्त्रीबाट हटाउने चे’तावनी नेपाल पक्षले दिइसकेको छ । प्रचण्डले पनि ओलीलाई निकास दिन सुझाइरहेका छन् । बुधबार साँझको सचिवालय बैठकबाट स्थायी कमिटी बैठक बोलाउन ओलीमाथि दबाब दिने रणनीति छ ।

नेकपा स्रोतका अनुसार पूर्वमाओवादीतर्फका केही नेताले प्रचण्डलाई भेटेरै पार्टी एकता जोगाउन र पूर्वएमालेको झगडामा एउटाको पक्ष नलिन सुझाव दिएका छन् । प्रचण्डलाई यस्तो सुझाव दिनेमा शक्ति बस्नेत, टोपबहादुर रायमाझी, लेखराज भट्ट, देवेन्द्र पौडेल, दीनानाथ शर्मा, प्रभु साह लगायतका नेता रहेको स्रोत बताउँछ । उनीहरुले पार्टी फुटबाट जोगाउन प्रचण्डको भूमिका हुनुपर्ने भन्दै अहिलेको अवस्थामा दुई अध्यक्षबीचको समझदारीमा जोड दिएका छन् ।

स्थायी कमिटी सदस्य पौडेलले पार्टी फु’ट्न नदिन सबै नेताहरु जिम्मेवार बन्नुपर्ने बताए । अहिलेको समस्याको समाधान प्रधानमन्त्री र अध्यक्ष समेत भएकाले केपी ओलीले दिनुपर्ने भन्दै पार्टीका बैठकमा छलफल हुँदा निकास आउने बताए । उनले आफूहरुले प्रचण्डलाई पार्टी एकताको पहल लिन आग्रह गरिरहेको बताए ।

त्यस्तै, मंगलबार मात्र प्रचण्डलाई भेटेर सुझाव दिएका प्रदेश २ का अध्यक्ष प्रभु साहले ओलीको विकल्प पूर्वएमालेकै अर्को कुनै नेता हुन नसक्ने बताए । उनले अहिले सरकार परिवर्तनको खेलमा प्रचण्ड लाग्न नहुने र ओली हटाउनै परे प्रचण्ड नै प्रधानमन्त्री बन्ने शर्तमा मात्र आफूहरुको साथ दिने उनको भनाइ रहेको स्रोतको दाबी छ ।

प्रचण्ड समूहमा रहेका जनार्दन शर्मा, हरिबोल गजुरेल, देव गुरुङ लगायतका नेताहरु भने केपी ओलीलाई प्रधानमन्त्रीबाट हटा’उनुपर्ने पक्षमा छन् ।

प्रचण्डले सबै नेताहरुका कुरा सुनिरहेका छन् । ओलीको कार्यशैलीबाट आजित भएका प्रचण्डले उनी सु’ध्रिने सम्भावना नदेखिएको बताउने गरेका छन् । ओलीलाई भेट्न बालुवाटार जानुअघि प्रायः प्रचण्डले माधव नेपाललाई भेटेर वा फोनमा जानकारी दिने गरेका छन् ।

उनी ओलीबाट अ’पमा’नित महशुस गरेकै कारण नेपाल पक्षसँग मिलेको पूर्व माओवादी नेताहरुको भनाइ छ । ओलीले यसबीचमा पनि सांसदहरुसँग भेट्ने, पूर्वमाओवादीका सांसद तथा केन्द्रीय सदस्य आफूतिर तान्ने प्रयास गरिरहेको प्रचण्डनिकट नेताहरु बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार