logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओलीको पक्षमा वकालत गर्ने १० बुद्धिजीवी भनिएका ब्यक्ति को हुन ?


  • राजनीति
  • बिहिबार, बैशाख १८ २०७७

नागरिक समाजका अगुवाले बदर गरिसकिएका अध्यादेशलाई विवादको विषय बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक विषय भएको बताएका छन् ।

दश जना बौद्धिक व्यक्तित्वले आज संयुक्त अपिल गरी आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रम ल्याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउँदै यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता मात्र नबिथोलिई संसद्मा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको ग’लत सन्देश प्रवाह भई हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वि’तृष्णा बढाउने औँल्याएका छन् ।

डा अर्जुन कार्की, विपीन अधिकारी, कनकमणि दीक्षित, टीका ढकाल, जयप्रकाशप्रसाद गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र सुशील प्याकुरेलले संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल हुनुप्रति असन्तुष्टि व्यक्त गरे । उल्लेखित ब्यक्तिहरु प्राय सबै अमेरीकन र युरोपियन एनजीओ आइएन्जिओमा जोडिएका ब्यक्ति हरु छन ।

आमनागरिक काम, दाम र मामसमेत त्यागेर कोभिड –१९ महामारीविरुद्ध संघर्षमा सहभागी भएकाले केही शुरुआती सफलता हात लाग्न थालिसकेको जनाउँदै उनले यसलाई अवरु’द्ध गर्ने, नागरिकका अत्यावश्यक प्राथमिकतालाई बेवास्ता गर्ने तथा विश्वमा राष्ट्रको सम्मानलाई समेत आ’घात पार्ने प्रवृत्ति देखापर्न थालेको भनी चि’न्ता र सरोकार पनि प्रकट गरे ।

सत्तारुढ दल आग्रहपूर्ण, संवेगात्मक र प्रतिक्रियात्मक सोचबाट नभई मुलुकको दीर्घकालीन हित र लोकतान्त्रिक मूल्यमान्यताको पक्षपोषण हुने जिम्मेवारीबोधबाट निर्देशित हुनुपर्ने सुझाव दिँदै उनीहरुले सं’कटको वर्तमान समयमा राजनीतिक परिस्थिति असामान्य बनाउने, सामाजिक स्थायित्वमा खलल पैदा गर्ने तथा राजनीतिक अस्थिरता फैलाउने गतिविधि तत्काल रोकी राष्ट्रिय समस्या समाधानमा एक जुट हुन सम्बन्धित सबै राजनीतिक पक्षसँग अपिल पनि गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार