राजनीति
सत्तारूढ दल नेकपाका प्रभावशाली नेता रगुजी पन्तले संसदकाे बहुमतकाे कुनै अर्थ नभएको टिप्पणी गरेका छन । नेकपाभित्र माधवकुमार नेपाल समूहका नेताहरू चाहिँ प्रधानमन्त्री निटस्थहरूले हस्ताक्षर संकलन गरेर संसदीय दलमा बहुमत देखाउनुको कुनै अर्थ नरहेको बताउँछन् । प्रधानमन्त्री ओली पार्टी अध्यक्षसमेत रहेकाले स्थायी कमिटीको बैठक फेस गर्नुपर्ने र पार्टी नेताहरूलाई कन्भिन्स गर्न सक्नुपर्ने नेपाल पक्षका नेताको भनाइ छ ।
केपी ओलीलाई पार्टीले नै प्रधानमन्त्री बनाएको हुनाले पार्टीले फिर्ता बोलायो भने संसदीय दलमा बहुमत देखाएर केही नलाग्ने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन् ।
नेता पन्तले भने, ‘प्रधानमन्त्री भएको मान्छेले अन्तिमसम्म गलत काम नगरी वैधानिक ढंगले प्रतिरक्षा गर्ने कुरालाई म अन्यथा पनि ठान्दिनँ । तर, यो कुरा उहाँले सचिवालयको बैठक, स्थायी कमिटीको बैठकमा राख्नुपर्यो । हामी त्यहाँ आफ्ना कुराहरु राख्छौँ, उहाँले आफ्ना कुराहरू राख्नोस् । छलफल गरौँ, हामीलाई चित्त बुझाउनुभयो भने उहाँले प्रधानमन्त्री पनि चलाए भो, पार्टी अध्यक्ष पनि चलाए भो ।’
पन्त अगाडि भन्छन्– ‘तर, चित्त बुझेन भने त निकास दिने काम त उहाँको पनि हो नि । जसरी माधव नेपालजीले निकास दिनुभयो । ..अहिले उहाँसँग बहुमत छ कि छैन, मैले हिसाब गरेको छैन ।’