logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जिएमआर लगाएत बिभिन्न स्थानमा बिष्फाेट

नेकपाको बन्दले ठुला शहर पुर्णरुपमा प्रभावित


  • राजनीति
  • शनिबार, बैशाख २२ २०७५

नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द गरेको छ । सरकार चरम फासिवादी बन्दै गएको भन्दै नेकपाले नेपाल बन्दको घोषणा गरेको छ ।
केपी ओली नेतृत्वको सरकारले फाँसिष्ट र निरंकुश शैलीमा दिन दाहाडै आफ्ना नेता , कार्यकर्ता र शुभचिन्तकमाथी धरपकड ,गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै नेकपाले बिराेध गरेकेा छ ।

बन्दको कारण विहानैदेखि काठमाडौं उपत्यका सिहत विराटनगर, हेटौंडा, नेपालगंज, धनगढीलगायत देशभरका ठूला शहर सुनसान छन् । पसलहरु पुर्णरुपमा बन्द छन् भने सडकमा एम्बुलेन्‍स, तरकारी, दूधका गाडी मात्रै देखिएका छन् । काठमाडौंबाट देशका विभिन्‍न स्थानमा छुट्‍ने लामो दुरीका सवारी यातायातका साधनहरु पनि बन्द नै छन् । बस पार्कमा सुनसान छ ।

यसैबीच आज विहानै चितवनको भण्डारामा शक्तिशाली बम विस्फोट भएको बतैएको छ । बम विस्फोटबाट मानविय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

त्यसैगरी बन्दका कारण सुनसान बनेको कैलालीका विभिन्‍न स्थानहरुमा बम विस्फोट भएका विवरण अाएका छन् । सात नम्बर प्रदेशको राजधानी धनगढीको चौराहासहित बजारभित्रै दुई ठाउँमा बम विस्फोट भएका छन् । कैलालीकै गौरीगंगा नगरपालिकामा बम विस्फोट भएको स्थानीयले कमर थारुले जानकारी दिएका छन् । थारुका अनुसार अाज विहानै ठूलो विस्फोटको अावाज अाएको थियो ।

त्यस्तै मध्यरात लमजुङको मर्स्याङ्ग्दी गाउँपालिकास्थित मध्यरातमा भारतीय जिएमअार कम्पनीको कार्यालयको भवनमा बम बिस्फोट भएको बुझिएको छ । विस्फोटबाट कार्यालमा क्षति पुगेको बताइएको छ ।

बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले देशभर मशाल जुलुस निकालेका थिए । सोही क्रममा प्युठान र बाग्लुङ इन्चार्जसहित दर्जनभन्दा बढी नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार