logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रोल्पामा व’म वि’स्फोट ४ को मृ’त्यु


  • राजनीति
  • बिहिबार, बैशाख १८ २०७७

रोल्पामा बिहीबार साँझ ब’म वि’स्फोट हुँदा ४ जनाको घटनास्थलमै मृ’त्यु भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ७ स्थित गैरीगाउँ भन्ने स्थानमा ब’म वि’स्फोट भएको हो ।

बम वि’स्फो’टबाट मृ’त्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।

बाख्रा चराउन गएका बेला उनीहरुले ब’म फेला पारेर चलाउँदा वि’स्फोट भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ। उनका अनुसार टुइञ्च मोटर जस्तो ब’म वि’स्फोट भएको हो । एकै ठाउँमा दुई वटा रहेको र अर्को वि’ष्फोट भएको छैन । यसबारे थप बुझ्न प्रहरी टोली घ’ट’नास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

घट’नास्थलमा ४ जनामात्रै रहेको र उनीहरु चारै जनाको मृ’त्यु हुन पुगेको हो ।

घ’टना’बारे प्रहरी टोली पुगेर अनुसन्धान गरेपछि थप जानकारी आउने डीएसपी गुरुङको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार