logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डलाई खुट्टा नकमाउन नेताहरुकाे चेता’वनी


  • राजनीति
  • शुक्रबार, बैशाख १९ २०७७

सत्तारूढ दल नेकपा आन्तरिक बि’वादकाे अन्तिम बिन्दुमा छ । विश्व नै काेराेना महामारी बिरु’द्ध ल’डिरहेका बेला नेपाल मा भने सत्तारूढ दलभित्र काे किचलाेले राजनीति अस्थिरता उत्पन्न हुने देखिएकाे छ । प्रधानमन्त्री केपी ओलीको प्रस्ताव अ’स्वीकार गरी अगाडी बढन अध्यक्ष प्रचण्डलाई नेताहरुले दबाब बढाएका छन् । ओलीको प्रस्ताव ‘फु’टाउ र राज गर’को संसदीय फोहोरी खेलसँग जोडिएर आएकोले त्यस्तो प्रस्ताव स्वी’कार्य हुन नसक्ने नेताहरुले प्रचण्डलाई सुझाएका छन् ।

बुधबार ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोना संकटपछि प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधव नेपाललाई पार्टीको तेश्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । त्यसपछि बिहीबार प्रचण्ड भेट्न पुगेका नेताहरुले प्रधानमन्त्री ओलीको प्रस्ताव आफ्नो संकट टार्ने र उनी इतरमा बन्दै गएको नेताहरुको एकतालाई तो’ड्ने दुरासायबाट आएको भन्दै पछाडी नहट्न सुझाव दिएका छन् ।

बिहिबार अध्यक्ष प्रचण्डलाई स्थायी समिति सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, जर्नादन शर्मा, मात्रिका यादव, हरिबोल गजुरेल लगायतका नेताहरुले भेट गरी ओलीको राजीनामा नै अहिलेको समस्या समाधानको विकल्प भएकोले यसबाट दायाँबायाँ अहिले नगर्न सुझाएका हुन् । यी स्थायी समिति सदस्यहरुले ओलीको प्रस्ताव पछि कतै नेताहरुले खुट्टा कमाउने त हो्इनन् भन्दै दबाव बढाउन थालेका हुन् । उनीहरुले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमसम्मलाई भेट गरेर पनि अना’वश्यक फन्डामा नफस्न र ओलीको एकसुत्रिय राजीनामाको एजेण्डामा अहिले एकगठ भएर लाग्न सुझाएका हुन् ।

‘हामीले प्रचण्ड कमरेडलाई अहिले प्रधानमन्त्रीको राजीनामाबाट दाँयाबाँया नड’गमगाउन र राजीनामा माग्न नछोडन आग्रह गरेका छौं,’ प्रचण्डसँग भेटेका एक स्थायी समिति सदस्यले भने,–‘प्रधानमन्त्रीले आफुभित्रको संकट टार्न रणनीतिक योजनाका साथ त्यस्तो प्रस्ताव अगाडी सारेका हुन्, त्यसमा सौदाबाजी गर्न हुदैन ।’ ओलीलाई उनको कार्यशैलीको सबक सिकाउने यही उपयुक्त मौका भएको र अहिले उनलाई त्यक्तिकै छोडिदिदा उनको विगतको शैली, प्रतिबद्धता कार्यान्वयन नगर्ने प्रवृति केलाउदा झन भोलिका दिनमा उनको सरकार सञ्चालन र पार्टी सञ्चालन नि’रंकुश हुने विश्लेषण पनि नेताहरुको देखिन्छ ।

यी नेताहरुको टोलीले हिजै उपाध्यक्ष गौतमलाई पनि भेट गरेका छन् । स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले गौतमलाई भेटेर प्रधानमन्त्रीले प्रलोभन मात्र देखाएको र त्यसले पार्टी नेताहरुलाई शंका आशंका मात्र गराउने गरी खेलाउन मात्र ल्याएकोले अनावश्यक रुपमा प्रयोग हुने काममा सजग हुन अपिल गरेको उनी निकट स्रोतले बतायो । यी नेताहरुले वरिष्ठ नेता नेपालसँग पनि भेट्ने योजना बनाएका छन् । उनीहरुले आज नेपालसँग भेटेर दबाव बढाउने तयारी गरेका छन् ।

तत्काल स्थायी समितिको मिति अबको सचिवालय बैठकबाट तय गर्न र त्यसपछि सिधै स्थायी समितिबाट ओलीको राजीनामाको छिनोफानो लगाउन नेताहरुले दबाव पनि बढाएका छन् । नेकपा सचिवालय अव भोलि शनिबार बस्ने गरी स्थगित भएको थियो । उता ओली पक्षका नेताहरुले पनि प्रधानमन्त्री र अध्यक्ष पद दुवै नछोड्न र आवश्यक परे जुँधेर जाने रणनीति तय गर्न प्रधानमन्त्रीलाई उक्साएका छन् ।

उपप्रधानमन्त्री इश्वर पोखरेल, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल लगायत नेताले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद जोगाउने अनेक उपायका बारेमा सोच्न र इतर नेताहरुका बीचमा विभाजन र शंका आशंका उत्पन्न गराई एकता टुटाउने गरी रणनीति बनाउन सुझाएका छन् । यसले दुवै पक्षका नेताहरु अहिले नेताहरुमाथी आ–आफना अडानमै रहन द’बाब बढाउन लागिपरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार