logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारतमा दुई साताका लागि लकडाउन थप


  • एजेन्सी
  • शुक्रबार, बैशाख १९ २०७७

भारतमा थप दुई साताका लागि लकडाउन थप गरिएको छ । भारत सरकारको आज बसेको उच्चस्तरीय बैठकले थप दुई साता लकडाउन थप गरेको हो । भारतमा अब १७ मईसम्म लकडाउन हुनेछ ।

पछिल्लोपटक भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै ३ मई सम्मका लागि पूरै भारत लकडाउनको घोषणा गरेका थिए । ४० दिनसम्मका लागि घोषणा गरिएका लकडाउनको समय सोमबार सकिने हुनाले आज बसेको उच्चस्तरीय बैठकले लकडाउनको अबधि थप दुई साता थप गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

त्यसैगरी भारत सरकारले ग्रीन जोन, अरेन्ज जोन र रेड जोन गरेर तीन भागमा देशलाई बाँडेको छ । जसमा ग्रीन जोन र अरेन्ज जोनमा केही खुकुलो बनाउने समेत बताइएको छ । रेडजोनमा १३० जिल्ला, अरेन्ज जोनमा २८४ र ग्रीन जोनमा ३१९ जिल्ला रहेको बताइएको छ ।

रेडजोनमा सपिङ मल बन्द हुने, मिडिया, आइटी, कोल्ड स्टोर,शैलुन, स्पालगायतका खुल्ला रहनेछ ।

त्यस्तै अरेन्ज जोनमा एक यात्रीसहित ट्याक्सी चलाउन पाइने, ग्रीन जोनमा बस चलाउन पाइने तर एउटा बसमा ५० प्रतिशत मात्र यात्री बस्न पाउने शर्तसहित चलाउन पाइने बताइएको छ । त्यस्तै हवाई उडान र रेल सेवाहरु पनि १७ मईसम्म बन्द रहने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार