logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रधानमन्त्री ओलीमाथि चोरीको आरोप


  • राजनीति
  • शनिबार, बैशाख २० २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बौद्धिक सम्पत्ति चो’री गरेको आ’रोप लागेको छ । उनीमाथि कविता चोरी गरेको आ’रोप लागेको हो ।

मे दिवसमा हिजो प्रधानमन्त्री ओलीको सृजना भन्दै एउटा कविता सार्वजनिक भएको थियो । कविता प्रधानमन्त्रीको ट्वीटर पेजमा राखिएको छ । ‘अब आँसु खसाउनु पर्दैन’ शिर्षकको कविता उनका सल्लाहकारहरुले पनि शेयर गरेका छन् ।

उस्तै कविता आ पी गौतम आगोको नाममा ६ महिना अघि ट्वीटरमा सार्वजनिक गरिएको भेटिएको छ । लगत्तै ट्वीटरमा भीम स्वतन्त्र अविशले प्रधानमन्त्री ओलीमाथि बौद्धिक सम्पत्ति चो’रीको कसुर लाग्ने भन्दै छानविनको माग गरेका छन् ।

शुरुमा आर. पी गौतमको पोष्ट भनी राखिएपनि पछि आर. पी गौतम भन्ने व्यक्तिको ट्वीटर एकाउन्टनै गायब भएको छ । ट्वीटरमा छ महिना अघिको भनिएको कविता पोष्ट पनि गायब बनाइएको भेटिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार