logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

शितल निवासकाे के सन्देश लिएर बैठकमा सहभागी भए ओली


  • राजनीति
  • शनिबार, बैशाख २० २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपराह्न सचिवालय बैठकको पूर्वसन्ध्यामा शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री अपराह्न साढे ४ बजे शीतलनिवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीवीच करिब ३५ मिनेट कुराकानी भएको स्रोतले बतायो ।

नेकपा सचिवालयको बैठक बेलुका ४ बजेका लागि तोकिएको थियो । तर, बैठक साढे ५ बजेका लागि सारिएको थियो । यसवीचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् ।

प्रधानमन्त्रीले सरकारको नियमित कार्यसूची अन्र्तगत राष्ट्रपतिसँग भेट गरेको शीतलनिवास स्रोतले बतायो । तथापि नेकपाको बैठकअघि भएको यो भेटलाई राजनीतिक अर्थमा समेत हेरिएको छ ।

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किएपछि प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग केहीबेर अलग्गै कुराकानी गरेका थिए । प्रचण्डसँगको कुराकानी लगत्तै सचिवालय बैठक सुरु भएको छ ।अहिले बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी छ ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको कुर्सी एकै लहरमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार