logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पुर्व मन्त्री र पुर्व महानिरीक्षकको आयोगमा उजुरी


  • राजनीति
  • सोमबार, बैशाख २२ २०७७

जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको आरोप लागेका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उनीहरुले आफूहरुले यादवलाई अपहरण नगरेको भन्दै सोमबार आयोग कार्यालय पुगेर उजुरी दिएका हुन् ।

सांसद यादवले बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै मानव अधिकार रक्षाको माग गर्दै वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । गत बैशाख १० गते महोत्तरीबट डा. यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार