logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

सकियाे उच्चस्तरीय समितिकाे बैठक, यस्तो भयाे निर्णय


  • राजनीति
  • सोमबार, बैशाख २२ २०७७

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले थप गृहकार्य गरेर लकडाउनबारे निर्णय गर्ने भएको छ ।

सोमबार बसेको समितिको बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँगको छलफलका आधारमा लकडाउनको मोडालिटी सचिव नारायण विडारीले जानकारी दिए । यसअघि सरकारले बैशाख २५ गतेसम्म लकडाउनको समयावधि थपेको थियो ।

‘जनजीवन सामान्य बनाउन र रोगलाई कावुमा राख्ने विषयमा छलफल र समिक्षा भएको छ । अझैपनि थप तथ्यांक प्रदेश र स्थानीय तहबाट लिने क्रम जारी छ ।

अझै वर्कआउट गर्नुपर्ने भएकाले आन्तरिक गृहकार्य जारी छ’,सचिव विडारीको भनाई छ । उनका अनुसार मंगलबार बस्ने समितिको बैठकले लकडाउनबारे भोलिको समितिको बैठकले मनित्रपरिषदलाई खाका पठाउने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार