logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ब्रेकिङ्ग… नेता अनिल शर्मा अस्पतालबाटै गि’रफ्तार


  • राजनीति
  • मंगलबार, बैशाख २३ २०७७

नेत्रविक्रम चन्द विप्लव नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही प’क्राउ परेका छन् । उनलाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको हो ।

नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही चितवन अस्पतालबाटै प’क्राउ परेका हुन ।

चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले निय’न्त्रणमा लिएको हो ।

उनी अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । शर्मा विप्लव नेकपाका केन्द्रीय प्रकाशन विभाग प्रमुख हुन् ।

चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले वि’प्लव नेकपाका एक नेता प’क्राउ गरेको पुष्टि गरे । यद्यपि उनले नाम खुलाएनन् ।

यता परिवारले भने अ’पहरण शैलीमा सादा पाेशाकमा आएका ५ जना प्रहरी पक्राउ गरेकाे र अहिले उनिहरु रहेको पारिवारिक स्राेतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार