logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

बालुवाटारकाे बढ्दाे सक्रियता, ओली खनालबिच भेट


  • राजनीति
  • मंगलबार, बैशाख २३ २०७७

CPN-UML Chairman Jhalanath Khanal speaks with UML Parliamentary Party leader KP Oli during the press meat of UML party's 9th National Convention at Bhrikuti Mandap in Kathmandu on Wednesday, July 02, 2014, POST PHOTO: BHASWOR OJHA/ KANTIPUR

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग पालैपालो भेटवार्ता र छलफल गरेका छन् । स्थायी समिति बैठकको पूर्व सन्ध्यामा ओलीले मंगलबार मात्रै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता र छलफल गरेका हुन् ।

मंगलबार बिहान प्रचण्ड र नेपालसँग भेटवार्ता गरेका ओलीले लगत्तै अर्का नेता खनालसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । नेताहरुसँगको छलफलमा ओलीले पार्टीभित्र देखिएको समस्या र विकसितघटनाक्रमबारे छलफल गरेका थिए । अध्यादेश प्रकरणपछि ओलीको राजीनामा माग्ने मध्येमा नेता खनाल पनि एक हुन् ।

यद्यपि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने माधव नेपालले प्रधानमन्त्रीलाई नभेटेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार