logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

लकडाउन जनतालाइ मात्र, सिंहदवारवालालाइ कोरोना लाग्दैन ?


  • राजनीति
  • मंगलबार, बैशाख २३ २०७७

चर्चित पुर्व बिद्यार्थी नेतृ तथा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले लकडाउनकै अवधिमा सिंहदरवारमा संसदीय समितिका बैठकहरु चलाइएकोमा असन्तुष्टि जनाएकी छन्।

सामाजिक सञ्‍जाल ट्‍विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद झाँक्रीले लकडाउनको अवधिमा कुनै सावधानीबिना निर्वाध संसदीय समितिका बैठक चलाइएकोमा आपत्ति व्यक्त गरेकी हुन्।

‘एकाएक सिंहदरवारमा भिडभाड बढ्यो, विभिन्‍न जिल्लाबाट माननीयहरु आउनुभएको छ। यतिञ्जेल देशमा लकडाउन छ तर बिनाकुनै सावधानी, यसरी निर्वाध बैठक चलाउने हो भने, दुई कुरा मान्‍नुपर्यो,’ झाँक्रीले लेखेकी छन्, ‘एक यो देशमा सिंहदरवार आउनेलाई कोरोना लाग्दैन, दुई लकडाउन सर्वसाधारण जनतालाई मात्र हो।’

!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार