logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

१४ महिनापछि रिहा भइन नेतृ चन्द


  • राजनीति
  • मंगलबार, बैशाख २३ २०७७

नेत्र बिक्रम चन्द विप्लव निकट अखिल नेपाल महिला संघ क्रा’न्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द झन्डै १४ महिनापछि मंगलबार कपिलवस्तुको तौलिहवाबाट रिहा भएकी छन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उनलाई अछामबाट गिर’फ्तार गरेर अहिलेसम्म विभिन्न आधा दर्जन भन्दा बढी जिल्लामा प्रहरीले घुमाइ सकेकाे थियो ।

सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङकाे जेल हिरा’सतमा प्रहरीले राखिएकाे थियोे तर उनलाई यसरी पटकपटक गिर’फ्तार गरि जे’ल हि’रासत राखिरहने कुनैपनि प्रमाण नभेटिएको भन्दै पटकपटक जिल्ला प्रशासन कार्यालयहरुले छाेड्ने आदेश दिइराखेकाे भएपनि माथिको आदेश भन्दै प्रहरीकाे टाेलीले गिर’फ्तार गरिरहेको थियो । मंगलबार उनलाई कपिलवस्तुबाट सर्वोच्च अदालतबाट रि’हा गर्न आदेश आएको थियो ।

विप्लव नेतृत्व नेकपाका नेता कार्यकर्ताहरुमा नेतृ चन्द सबभन्दा लामाे जे’ल जीवन बिताउने नेतृ हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार