राजनीति
प्र’तिबन्धित वि’प्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना जिल्ला इन्चार्ज सहित तीन जना कार्यकर्तालाई प्रहरीले फा’यरिङ गर्दै पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।
नेेेकपा मेची–कोशी व्यूरो इन्चार्ज प्रतावले मंगलवार बिज्ञप्ति जारी गरि नेकपाका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, पासाङतामाङ र पासाङ शेर्पालाई सोमवार राति सुतिरहेको अवस्थामा त्रास फैलाउने गरि फायरिङ समेत गरेर गिरफ्तार गरेको भन्दै भत्सना र निन्दा गरेका छन् ।
बिज्ञप्तिमा भनिएको छ, ‘पार्टी इन्चार्जसहित तीनै जनालाई वैशाख २२ गते राती करिब १२ बजे सुतीरहेको स्थानबाट जनताको वस्तीमा त्रास फैलाउने गरी फायरिङ समेत गर्दै गुण्डागर्दी शैलीमा गुण्डागर्दी शैलीमा इलामको माई नगरपालीका ९ बोरुङगबाट विनाकारण गिरफ्तार गरेकोमा नेकपा मेची कोशी व्युरो घोर निन्दा तथा भत्सना गर्दछ ।’
साथै नेकपाले गिरफ्तार तीनै जनालाई यथाशिघ्र रिहा गर्न पनि माग गरेको छ । न्याय र परिवर्तनको आवाज बन्दुकको बलबाट रोक्ने कुचेस्टा गरिए त्यसको परिणाम गम्भिर हुने समेत नेकपाले विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।
हेर्नुस् विज्ञप्ति