राजनीति
पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले गोरखाली जनतासँग महिनामा एकपटक भेटघाट गर्ने कार्यक्रम स्थगित गरेका छन् । नेता भट्टराई कोराना संक्रमणका कारण सामाजिक दुरी कायम राख्नुपर्ने भएकोले सो कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताएका छन् ।
नेता भट्टराईले २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा प्रत्येक महिना कम्तिमा एकपटक गृहजिल्ला गोरखा पुग्ने वाचा गरेका थिए । तर योपटक भने कोरोना महामारीका कारण जिल्ला पुग्न नपाएकोमा दुःख व्यक्त गर्दै उनले गोरखाली जनतासमक्ष क्षमायाचना गरेका छन् ।
उनले लकडाउन सकिने वित्तिक्कै जिल्ला आउने प्रतिबद्धता समेत गरेका छन् । त्यस्तै, नेता भट्टराईले यही बैशाख २६ गतेबाट सुरु हुने बजेट अधिवेशनमा आफ्नो निर्वाचन क्षेत्रका विषयबस्तु उठान गर्ने भएकोले त्यसका लागि सुझाव पठाउन समेत आग्रह गरेका छन् । उनले त्यसका लागि आफ्नो इमेल ठेगाना र फोन नम्बर समेत उपलव्ध गराएका छन् ।
गोरखाली दिदीबहिनी दाज्यूभाइहरूसँगग विनम्र अनुरोध:
१. २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा मैले वाचा गरे अनुसार म अविच्छिन्न रूपमा प्रत्येक महिना कम्तिमा एक पटक गृह जिल्ला/ निर्वाचन क्षेत्र पुग्ने गरेको यहाँहरूलाई अवगत नै छ! परन्तु पहिलो पटक घातक कोरोना महामारीका कारण लागू गरिएको लकडाउनको यो अवधिमा म तपाईंहरूका घरदैलोमा आएर सुखदु:खका कुरा गर्न नपाएकोमा अत्यन्त दु:खित र क्षमाप्रार्थी छु। यो मैले नचाहेर हैन परन्तु कोरोनाबाट बच्ने अहिलेसम्मको एक मात्र सुरक्षित उपाय मानिस मानिस वीचमा निम्नतम तीन फिट दूरी कायम गर्ने र अनावश्यक भेटघाट/भीड़भाड़ नगर्ने भन्ने भएकाले तपाईंहरूको निर्वाचित प्रतिनिधिले त्यो अनुशासन र जिम्मेवारी पालन गर्नुपर्दछ भनेर नै हो! यसलाई यहाँरूले यही ढंगले बुझिदिनुहुनेछ भन्ने आग्रह गर्दछु र लकडाउन खुल्ने वित्तिकै यहाँहरू समक्ष उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछु।
२.यही बैशाख २६ गतेबाट संसदको बजेट अधिवेशन भनिने बर्खे अधिवेशन शुरू हुँदैछ र जेठ १५ गते संविधान अनुसार देशको बार्षिक बजेट प्रस्तुत हुँदैछ। यस अधिवेशनमा मैले उठाउनुपर्ने जिल्ला र निर्वाचन क्षेत्रका बिषयवस्तु र बजेट निर्माणकानिम्ति सुझाव यही बैशाख मसान्तसम्म निम्न ठेगानामा पठाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु: (क) email: brb.1954@gmail.com Viber/WhatsApp: 9808213630 (ख) रोशन पोखरेल (निजी सचिवालय ) फोन/Viber/WhatsApp: 9851102883 धन्यवाद !