logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मोदीको २९ घण्टा नेपालमा केके गर्दै छन मोदी?


  • राजनीति
  • सोमबार, बैशाख २४ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथ साढे २९ घण्टा बिताउन भएका छन्।

तय भएको कार्यक्रमअनुसार वैशाख २८ गते बिहान जनकुरबाट सुरु हुने मोदीको नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ। भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी २८ गते बिहान नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय हवाई सेनाकोको विशेष हलिकोप्टरमा जनकपुर विमानस्थलमा आउनेछन्।

जानकी मन्दिरमा पूजा सम्पन्न गरेपछि मोदी रामायण सर्किटसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि काठमाडौं सेनाको हेलिकोप्टरबाट आउने छन्। विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्ने कार्यक्रम छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार