logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

ऋणको नाममा जनतालाइ दु’ख दिने बित्तीय सस्था विप्लवको निशानामा


  • राजनीति
  • बिहिबार, बैशाख २५ २०७७

नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विश्व संकटको बेला केहि बित्तीय सस्थाले गाउ गाउमा गएर जनतालाइ दु’ख दिएको प्रती गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । नेकपा कंचनपुर इन्चार्ज सहदेव र सेक्रेटरी रबिको सयुक्त हस्ताक्षरित बिज्ञप्ती जारी गर्दै उक्त बिषय सार्वजनिक गरेको छ । नेकपाले रिण उठाउने नाममा संकटको बेला जनतालाइ दुख दिएको पाइएमा आफ्नो पार्टीले का’र्वाही गर्ने चेता’वनीसमेत दिएकाछन ।

बिज्ञप्तीमा महाकाली अस्पतालमा भएको भ्रष्टाचार, राहत बितरणमा भएको अनियमितता र बि’भेदको बारेमा आ’क्रोष व्यक्त गरेको छ । त्यस्तै सिमा क्षेत्रमा अलपत्र नेपालीको बारेमा उचित पहल गर्न आग्रह समेत गरेको छ।

हेर्नुस् जारी प्रेस विज्ञप्ति

देश यतिबेला कोरोना भाईरसको महामारी खेपिरहेका छ। यस्तो महासंकटको बेलामा पनि दलाल केपिबादल कम्पनीको सरकार आमजनताको दु:ख पिडामा ध्यान नदिई हाम्रो पार्टी माथी दमन र भ्रष्टाचार-कमिशनको मोलमोलाई गर्नमा उद्दत छ। यस्तो परिस्थितिमा यस कंचनपुर जिल्लाका आमजनताको सरोकार र जनजिविका सङ्ग जोडिएका तपशिल बमोजिमका गम्भीर विषयहरुमा संबंधित निकायको ध्यानाकर्षण, सचेतना र आवश्यक पहलकदमी लिन यो प्रेस विज्ञप्ति सम्प्रेष गर्दछौं।
तपशिल:
१) महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सामग्री खरिद प्रकरण र भवन निर्माणमा भएको अनियमितता बारे अहिलेसम्म सम्म पनि सत्यतथ्य छानविन गरि दोषीहरु माथी का’र्वाही नभएको हुँदा तत्काल भ्र’ष्टाचारी-कमिशनखोरहरु माथी का’र्वाही गर्न संबंधित निकाय लाई आग्रह गर्दछौं।
२) जिल्लामा रहेका वित्तिय संस्थाहरुले यस्तो संकटको बेलामा पनि गाउँगाउँमा गएर ऋण उठाउने र जनता लाई दु:ख दिने गरेको पाइएको छ यो ह’र्कत तत्काल रोक्न संबंधित निकाय लाई आग्रह गर्दछौं अन्यथा पार्टी जनकार’बाही गर्न बाध्य हुनेछ।
३) स्थानीय निकायले केही समय सम्म राहत वितरणको नौटन्की गरे पनि विभिन्न दाताहरुले दिएको राहत समेत वितरण नगरि अहिले राहत वितरण बन्द गरेका छ्न, बन्दाबन्दी खुल्ने कुरा अनिश्चित हुँदा यथाशक्य मजदुर, सकुम्बासी, डेरामा बस्ने विद्यार्थीहरु र वास्तविक पी’डित लाई राहत वितरण गर्ने आग्रह गर्दछौं अन्यथा पार्टीले हस्तक्षेपकारी भुमिका निर्वाह गर्नेछ।
४) कंचनपुरको सिमाना जोडिएको भारतीय क्षेत्र वनबसामा रहेका अलपत्र नेपाली दाजुभाइहरु लाई यथाशाक्य क्वारेन्टाइनमा राख्ने गरि नेपाल भित्राउन अनुरोध गर्दछौं।
अन्त्यमा , उपर्युक्त विषयमा संबंधित निकायले तत्काल पहलकदमी अगाडी बढाओस अन्यथा जनताका सवालहरु जोडिएको विषयमा पार्टी जस्तोसुकै चुनौती मोल्न तयार रहेको कुरा अवगत गराउदछौ। साथै हाम्रो जिल्ला पार्टीका सम्पुर्ण कमरेड सुरक्षित, सतर्क र केपिबादलका मतियारहरु ले दमन गर्न खोजे प्रतिरोधको मानसिकतामा बस्न निर्देशन जारी गर्दछौं।
क्रान्तिकारी अभिवादन सहित !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार