राजनीति
सत्तारूढ दल नेकपा भित्र आन्तरिक बिवाद चर्किदै गएकाे छ। बिभाजनकाे अन्तिम प्वाइन्ट मा पुगेकाे नेकपा सचिवालय बैठकमा केही मत्थर भएकाे थियाे तर स्थायी समितिकाे बैठककाे लागि हिजाे डाकिएकाे सचिवालय बैठकमा चर्काचर्कि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष बैठक छाेडेर हिडेका थिए ।
बर्तमान सरकारकाे कार्यशैली प्रति तिब्र असन्तुष्टि राख्दै आएका नेकपाका प्रभावशाली नेता तथा पुर्व गृहमन्त्री भिम रावलले स्थायी समितिमा प्रधानमन्त्रीकाे राजिनामा काे औपचारिक प्रस्ताव लिनुपर्ने बताएका छन । पार्टी कार्यालय धुम्बाराहीमा जारी २० जना स्थायी समितिका सदस्यकाे बैठकमा उनले ृ उक्त प्रस्ताव राखेकाे बुझिएकाे छ ।
आजका लागि बोलाइएको स्थायी समिति बैठक अनिश्चित भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २० स्थायी समिति सदस्यको बैठक बसेको छ। १५ दिनअघि दुई अध्यक्षलाई सचिवालय बैठक बोलाउन माग गरेका २० नेताको छुट्टै बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसेको हो।
बैठकका लागि मिति, समय र स्थान तोकेर पनि अन्तिम समयमा स्थगित गरिएको भन्दै २० स्थायी समिति सदस्यले छुट्टै बैठक गरेका हुन्। नेकपा स्थायी समितिमा ४४ सदस्य छन्। पार्टी विधानमा २५ प्रतिशत सदस्यले माग गरे स्थायी समिति बैठक हुने व्यवस्था छ। बैठक माग गरेको १५ दिनभित्र बोलाउने पर्ने प्रावधान विधानमा भए पनि त्यो कार्यान्वयन हुन नसकेको भन्दै नेताहरु असन्तुष्ट छन्।
वैशाख २० गतेको सचिवालय बैठकले स्थायी समिति बैठकको मिति, समय र स्थान टुंगो लगााए पनि एजेण्डा तय भइनसकेको र थप गृहकार्य आवश्यक भएको भन्दै शुक्रबारको सचिवालय बैठकले अनिश्चित कालका लागि बैठक स्थगित गरेको हो। सचिवालय बैठकमा कुरा नमिलेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। उक्त छलफलमासमेत सहमति नजुटेपछि अन्तिम समयमा स्थायी समिति बैठक स्थगित भएको हो।
प्रधानमन्त्री ओलीले बजेटअघि स्थायी समिति बैठक नगर्ने तयारी गरेका छन्। आज धुम्बाराहीमा छलफलमा जुटेका २० स्थायी समिति सदस्यबीच मंगलबार ललितपुरको झम्सीखेलमा छलफल भएको थियो।
उक्त छलफलमा प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गर्दै स्थायी समिति सदस्य भीम रावलले राजीनामासम्मको प्रस्ताव गरेका थिए। आजको छलफलमासमेत विभिन्न विषयमा छलफल भएको छ।