logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

प्रधानमन्त्रीले अनिवार्य राजिनामा दिनुपर्छ : नेता भट्टराई


  • राजनीति
  • शुक्रबार, बैशाख २६ २०७७

प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे । नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएका अध्यादेश खारेज हुँदैमा अनिस्ट नटरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै डा. भटटराईले पार्टीभित्र, बाहिर र प्रधानमन्त्री स्वयम्को स्वविवेकको कारणले आत्मालोचना गरेको कुरालाई सकारात्मक रुपमा लिएपनि समस्या टरिनसकेको बताए ।

‘दुई तिहाई बहुमतको सरकार हुँदाहुँदै पार्टी फुटाउने र संवैधानिक अंगसम्बन्धी अध्यादेश किन जारी गर्नुपर्यो ? संबैधानिक परिषद व्यलेन्सका लागि राखिएको हो । त्यसलाई किन भत्काउनुपर्यो ? यसले ठुलो अनिष्टको संकेत छ’ डा. भट्टराईको भनाइ छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार