राजनीति
नेपाल कम्युनिस्ट पार्टी (क्रा’न्तिकारी मा’ओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले एक वक्तव्य जारी गरी नेपालको भूमिबाट एकलौटी रूपमा सडक खन्ने भारतीय विस्तारवादको नि’न्दा गर्दै नेपाल सरकारको ला’चारीप्रति पनि खे’द प्रकट गरेका छन् ।
भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालको भूमि लिपुलेकबाट मानसरोबर जाने बाटोको उद्घाटन गरेको घ’टनाप्रति नेपालका वामपन्थी पार्टीहरू तथा आम जनताले भारतीय वि’स्तारवादको नि’न्दा तथा भ्र’त्सना गरेका छन् ।
साथै उनले नेपालको भौगोलिक अखण्डतामाथि गरिएको भारतीय ह’स्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आ’त्मसमर्पणवादी रवैयाका वि’रुद्ध सशक्त आवाज उठाउन हाम्रो पार्टी सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विशेष आह्वान गर्दछ” भनेका छन् ।
वक्तव्यमा भनिएको छ :
“नेपालको भूमिबाट एकलौटी रुपमा सडकको ट्रयाक खोलेर उद्घाटन गर्दा समेत त्यसको अनदेखा गर्ने नेपाल सरकारको ला’चारीप्रति खेद व्यक्त गर्दै सो काम रो’क्नका लागि तुरुन्त भारतीय सरकारसँग कुटनीतिक पहल गर्न नेपाल सरकारसमक्ष हाम्रो पार्टी जो’डदार माग गर्दछ । साथै नेपालको भौगोलिक अखण्डतामाथि गरिएको भारतीय ह’स्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रवैयाका वि’रुद्ध सशक्त आवाज उठाउन हाम्रो पार्टी सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विशेष आह्वान गर्दछ । ”
