logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

माइतिघरबाट पुर्व रथी र सश’स्त्रका डिआइजी पक्राउ


  • राजनीति
  • शनिबार, बैशाख २७ २०७७

भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर चीनको मानसरोबर जाने सडक निर्माण गरेको वि’रोध गर्दा सुरक्षा निकायका दुई पूर्वअधिकारी प’क्राउ परेका छन् ।

प’क्राउ पर्नेमा नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ रहेका छन् ।

भारतीय रवैयाको विरोध गर्दै सडकमा उत्रिएका बस्न्यात र श्रेष्ठलाई प्रहरीले शनिबार राजधानीको शंकपार्कबाट प’क्राउ गरेको हो ।

उनीहरु दुवैलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।

आजै लिपुलेकमा सडक बनाएको वि’रोधमा राजधानीको लैनचौर र माइतीघरलगायतका स्थानमा प्रदर्शन गर्ने ३ दर्जन बढीलाई पनि प्रहरीले नि’यन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार