राजनीति
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्र’हार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफा’यर गरेको छ ।
ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झ’डप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घा’इते भएको प्रहरीले जनाएको छ ।
सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उ’ल्लङ्घन गरी ५०/६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो ।
प्रहरी पुगेपछि एक्कासि प्रहरीमाथि स्थानीयवासीद्वारा आ’क्रमण भएपछि बा’ध्य भएर भी’ड नि’यन्त्रणमा लिन ज’वाफी कार’वाही’मा दुई राउण्ड हवाईफा’यर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
“लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा वि’वाद भएको जानकारीपछि बोलाइएको प्रहरीमाथि आ’क्रमण हुँदा सो घ’टना भएको हो”, नगरपालिकाका उपप्रमुख तारा शाहीले भने । उनका अनुसार प्रहरीकोे बर्दीसमेत च्या’तिएको भन्ने खबर आएको छ । शनिबार दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आ’ग्रह गरिएको थियो ।
उपप्रमुख शाहीले आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेहरुको भी’डभाड पनि धेरै भएकाले आफूहरुले प्रहरीलाई त्यहाँ पठाएको बताए । उनले त्यो घ’टनाका बारेमा सबै बसेर, सल्लाह गरेर नियम कानूनअनुसार अघि बढ्ने पनि बताए ।
अहिले घ’टना’स्थलमा थप सुरक्षा बल दुल्लूबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले बताएको छ ।
घटनाको थप अनुसन्धान हुने र आवश्यक छानबिन गरी का’रवा’ही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । प्रदेश सरकारको रु २० लाख र नगरपालिकाको रु पाँच लाख साझेदारीसहित रु २५ लाख रकममा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माणकार्य भइरहेको थियो । रासस